मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख २६ सोमबार
  • Thursday, 10 July, 2025
२o७९ बैशाख २६ सोमबार १६:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीले भने– एमालेका उम्मेदवारलाई जिताउनुस्, विकासको जिम्मा हामी लिन्छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २६ सोमबार १६:२o:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बनाउने पार्टी भनेकै एमाले रहेको दाबी गरेका छन्। स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी एमाले पोखरा महानगर कमिटीले सोमबार पोखराको अमरसिंह चौरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन्। 

पाँचदलीय गठबन्ध स्थानीय निर्वाचनपछि नरहने र अर्को निर्वाचनसम्म दलको रूपमा समेत नरहने ओलीको भनाइ थियो। 

‘एमालेको चुनाव चिह्न सूर्यतिर हेर्नुस् त घामसँगै कति उज्यालो छ, कांग्रेसको चुनाव चिह्न रूख ओइलाएसँगै धोत्रो लागेको, माओवादी केन्द्र रित्तो भइसकेर बिर्को मात्र बाँकी रहेको र एकीकृत समाजवादी टुडो भाँचिएको कलमको छेस्कोजस्तो छ,’ ओलीले व्यंग्य गरे। 

कहीँ कतै खित्रिक भइहाले धोत्रो लागेको रूख र कलमको निभ भाँचिने र त्यसपछि केही काम नलाग्ने ओलीको भनाइ थियो। माओवादी केन्द्र रित्तो भइसकेको भन्दै ओलीले भाँडो एमालेमा आएको र बिर्को मात्र बाँकी रहेको बताए। 

माधव नेपालसँग गएकाहरू एमालेमा फर्किन जति ढिलो भयो त्यति नै उनीहरूलाई बेफाइदा हुने उनको भनाइ छ। 

ओलीले एमालेका उम्मेदवारलाई जिताउन आग्रह गर्दै जितपछि विकासको जिम्मा एमालेले लिने बताए। उनले उम्मेदवार पार्टीले उठाकाले पार्टीले गरेको निर्णय प्रसन्न भएर स्वीकार गर्न आग्रह गरे। ‘पार्टीका उम्मेदवारलाई जिताउने काम तपाईंको, पोखराको विकास गर्ने काम एमालेको हो,’ ओलीले भने। 

देशलाई निकास दिने काममा अवरोघ गर्न गठबन्धन लागेको भन्दै ओलीले गठबन्धनले देश र जनतालाई धोका दिएको आरोपसमेत लगाए। गठबन्धनका कारण महिलाले ३३ प्रतिशत अधिकार पाउनबाट वञ्चित हुनुपरेको आरोपसमेत उनको थियो। 

गठबन्धनको नाममा ३३ प्रतिशत महिलालाई उम्मेदवार हुनबाट वञ्चित गरिएको भन्दै ओलीले देशमा महिलाको हक स्थापित गर्ने पार्टी एमाले रहेको दाबीसमेत गरे।