१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका डडेल्धुरा
२o८१ जेठ २ बुधबार o६:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

आरजुको अभिव्यक्तिले बिग्रिँदै छ चुनावी माहोल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, डडेल्धुरा
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:१६:oo
  • कांग्रेसले हारेका पालिकामा बजेट नपठाउने कांग्रेस नेतृ आरजु राणाको अभिव्यक्ति
  • गठबन्धनका उम्मेदवारलाई विजयी गराए विदेश पठाउन सहयोग गर्ने आश्वासन

कांग्रेसले हारेका पालिकामा बजेट नपठाउने कांग्रेस नेतृ आरजु राणाको अभिव्यक्तिले कांग्रेस थप अप्ठेरोमा परेको छ । बिहीबार डडेल्धुरामा भएको कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा पत्नीसमेत रहेकी आरजुले ‘जहाँ हाम्रो मेयर नै हुन्न, त्यहाँ हामी किन पैसा पठाउँछौँ ?’ भनेकी थिइन् । कांग्रेसबाट विद्रोह गरेर गएका कांग्रेस बिपीका उम्मेदवारलाई लक्षित गर्दै भनिएको आरजुको उक्त अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

आरजुको अभिव्यक्ति कांग्रेसकै लागि प्रत्युत्पादक भएको छ । सत्ताको आडमा हैकमवादी प्रवृत्ति देखाएको भन्दै विपक्षी उम्मेदवारहरूले अभिव्यक्तिको चर्को विरोध गरेका छन् । आफ्ना उम्मेदवारले नजितेको ठाउँमा बजेट रोकिदिने अभिव्यक्तिले मतदातामा नकारात्मक धारणा बढेको अधिवक्ता भीमप्रकाश साउदले बताए । आफ्ना उम्मेदवार नजिताए बजेट रोकिदिन्छु भन्नु कानुनविपरीत भएको उनको भनाइ छ । ‘राज्यको स्रोतको चाबी हामीसँग छ भन्न खोजेको देखियो । राज्य प्रणालीमा कुनै व्यक्तिको दबदबा हुनु दुःखद हो,’ उनले भने, ‘यो निर्वाचन आचारसंहिताविपरीत छ ।’ 

गठबन्धनका उम्मेदवारलाई विजयी गराए विदेश पठाउन सहयोग गर्ने आश्वासन

धनगढीमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राणाले गठबन्धनका उम्मेदवारलाई विजयी गराए विदेश पठाउन सहयोग गर्ने आश्वासन दिएकी थिइन् । ‘मलेसिया जान कसैले मलाई अलिकति कोटा दिन्छु भनेको छ फ्रि भिसा फ्रि टिकटको । यहाँबाट काठमाडौँ जानलाई पनि टिकट पर्दैन । सबैजनालाई त हामी लग्न सक्दैनौँ, किनभने एउटा मापदण्ड हुन्छ,’ उनले भनेकी थिइन्, ‘त्यस्तै छ भने यो वडाबाट पाँच–छ जनालाई लैजान प्रयास गछौँ । चुनावपछि उहाँ (कांग्रेस नेतृ जीवन राना) सँग सम्पर्क गर्नोस् । हामीले केही न केही मान्छेलाई रोजगारी दिने बाटोतिर उन्मुख हुन्छौँ ।’ उनको यो अभिव्यक्तिलाई लिएर विपक्षीले चुनावी एजेन्डा पाएका छन् । साथै, सामाजिक सञ्जालमा यसको व्यापक आलोचना भइरहेको छ ।

यो पनि पढ्नुहोस् : प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसलाई बिरासत जोगाउने चुनौती

ad
ad