१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कहीँ नहुने जात्रा ओलीको पालामा देखियो, पाँच वर्षमा सकिने आयोजनाको पनि उद्घाटन : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१९:oo

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कहीँ नहुने जात्रा केपी ओली प्रधानमन्त्री हुँदा देखिएको बताएका छन्। निर्माणाधीन आयोजनाको उद्घाटन गरेकोप्रति कटाक्ष गर्दै नेपालले यस्तो बताएका हुन्।

काठमाडौंको शान्तिबाटीकामा शुक्रबार जारी सत्तागठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले पाँच वर्षपछि सम्पन्न हुने परियोजनाको समेत ओलीले उद्घाटन गर्ने गरेको उल्लेख गरे। ‘६ महिना–एक वर्षपछि सम्पन्न हुने परियोजनाहरूलाई आजै उद्घाटन गरिदिने। पाँच वर्षपछि सम्पन्न हुनेलाई आजै उद्घाटन गर्ने। यी सबै कहीँ नहुने जात्रा केपी ओलीको पालामा हामीले देख्न पायौँ,’ उनले भने, 'यस्तो जात्रा देखाउनेलाई बिर्सेर पनि मत दिनुहुँदैन।’

देशलाई राम्रो दिशामा अघि बढाउने पवित्र उद्देश्य राखेर गठबन्धन गरिएको अध्यक्ष नेपालले प्रस्ट पारे। गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरकी साझा उम्मेदवार सिर्जना सिंहको प्रस्तुतिबाट आफू निकै प्रभावित भएको पनि उनले बताए।