१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १९:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

लमजुङमा नमुना मतदान : ३० जना सहभागी, सात मत बदर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १९:५o:oo

बदर मत कम गर्ने उद्देश्यले लमजुङमा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा बदर मत कम गर्नेे उद्देश्यले बुधबार नमुना मतदान गराएको जनाएको छ। 

सदरमुकाम बेँसीसहरको फूलबारी मैदानको चारैतिर डोरीले बाँधिएको थियो भने छेउछाउमा प्रहरी तैनाथ थिए । बीचभागमा मतपत्र लेखिएको बाकस थियो । अर्कोतिर लाइन बसिरहेका मानिस थिए । उनीहरूले पालैपालो घेराबाट गएर नमुना मतपत्रमा मत दिएका थिए । 

विगतका निर्वाचनमा जस्तो यसपटक मतदाता शिक्षा पनि नभएकाले नागरिकमा मतदानप्रति सचेतना ल्याउन नमुना मतदान गराइएको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले बताइन् । नमुना मतदानमा ३० जना सहभागी भएका थिए । जसमा ७ मत पूर्ण रूपमा बदर भएको थियो भने केही आंशिक बदर भएको थियो । 

बेँसीसहरको वडा नम्बर ८ फूलबारीमा गरिएको नमुना मतदानमा महिला, पुरुष, अशक्त र बृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिन सिकाइएको थियो । मत बदर नहुने गरी मतपत्र पट्याउन पनि सिकाइएको थियो । 

कार्यक्रममा जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनाल, प्रमुख जिल्ला अधिकारी सुशील बैद्य, सुरक्षा निकाय, म्यादी प्रहरी, सञ्चारकर्मी र स्थानीयको उपस्थिति थियो । 

यसअघिको स्थानीय तह निर्वाचनमा लमजुङमा १ हजार ९ मत पूर्ण बदर भएको थियो । 

ad
ad