१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
मनीष खड्का रुकुम पूर्व
२o८१ जेठ १३ आइतबार १७:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

भुमे गाउँपालिकामा भत्कियो कांग्रेस–एमाले तालमेल, कांग्रेसले गर्‍यो उम्मेदवारी फिर्ता 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पूर्व
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १७:१२:oo

आसन्न स्थानीय तह निर्वाचनका लागि रुकुम पूर्वको भुमे गाउँपालिका अध्यक्षमा कांग्रेसबाट उम्मेदवारी दिएका भीमबहादुर ओलीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेस र नेकपा एमालेको गठबन्धन बनाएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी परेको थियो । उक्त गठबन्धनअनुसार कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भागबन्डा भएको थियो । तर, अध्यक्षका उम्मेदवारले नै उम्मेदवारी फिर्ता लिएपछि प्रमुख र उपप्रमुखमा कांग्रेस उम्मेदवारविहीन भएको छ । 

सत्तागठबन्धनभन्दा बाहिर गएर कांग्रेसले यस गाउँपालिकामा नेकपा एमालेसँग तालमेल गरेको थियो । तालमेलअनुसार कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने गरी भागबन्डा गरेका थिए । तर, कांग्रेसका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि एमालेबाट उपाध्यक्षमा कमानसिंह डाँगी प्रतिस्पर्धामा छन् । कांग्रेसले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका होमप्रकाश श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका कमान पुन र मंगोल नेसनल अर्गनाइजेसनका रतन पुनले अध्यक्षमा प्रतिस्पर्धा गर्ने भएका छन् । 
  
 

 

 

ad
ad