Skip This
नुवाकोट, बाजुरा र रुपन्देहीमा डुबेर चारजनाको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार o८:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

नुवाकोट, बाजुरा र रुपन्देहीमा डुबेर चारजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o८:३५:oo

नुवाकोट, बाजुरा र रुपन्देहीमा डुबेर चारजनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा नुवाकोटमा दुई र रुपन्देहीमा एक युवा तथा बाजुरामा एक बालिकाको शनिबार मृत्यु भएको हो । 

नुवाकोटको बेलकोटगढी नगरपालिका– १० स्थित तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका– ४ का १८ वर्षीय हिमाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनका अनुसार डुबेर बेहोस भएका दुवैलाई उद्धार गरेर उपचारका लागि त्रिशूली अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । तादीखोलामा पौडी खेल्ने गएका ६ जना युवामध्ये उनीहरूलाई घुमाउने भन्ने स्थानबाट बगाएको थियो । अपराह्न २ बजेतिर डुबेको खबर पाएपछि स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍याएको थियो । 

यस्तै, रुपन्देहीको तिलोत्तमा नगरपालिका– ६ स्थित तिनाउ नदीमा डुबेर १७ वर्षीय किशोर दिब्याम्स भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटबलले जनाएको छ । साथीहरूसँग फुटबल खेल्न गएका ती किशोरनजिकैको दहमा पौडी खेल्ने क्रममा पानीमा डुबेको स्थानीयले जानकारी दिएलगत्तै प्रहरी घटनास्थल पुगे पनि उनी मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।

यसैगरी, गौमुल गाउँपालिका– ६ मा जलविद्युत्को नहरमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका– ६ स्थित गौरीबाडाका गणेश विककी ६ वर्षीया छोरी भग विक छिन् । शनिबार दिउँसो २ बजे सिमधार लघु जलविद्युत्को नहरमा नुहाउने क्रममा डुबेर मृत्यु भएको स्थानीय शेरबहादुर चदाँराले बताए । 

 

ad
ad
ad
ad