१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o७:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बागी फकाउन देउवाले चितवन पठाए गृहमन्त्री खाण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:२७:oo

भरतपुरको मेयरमा कांग्रेसबाट बागी उम्मेदवारी दिएका र असन्तुष्ट पक्षलाई मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई दूतका रूपमा चितवन पठाएका छन् । बुधबार दिउँसो भरतपुर आएका उनले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले असन्तुष्टलाई सम्झाउन आफू चितवन आएको बताए ।

कांग्रेसका नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले मेयरमा उम्मेदवारी दिएका छन् । खाणले भने, ‘मैले बागीलाई मिलाउन प्याकेज त ल्याएको छैन, तर हृदय लिएर आएको छु । म उहाँहरूलाई सम्झाउँछु, उहाँहरूले केन्द्रको निर्णय मान्नुहुन्छ ।’ 

कांग्रेसका प्रभावशाली नेता खाण कांग्रेसको चितवन कार्यसमिति बैठकमा पनि सहभागी भएका थिए । सो क्रममा कांग्रेसका नेता तथा कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका नेता तथा कार्यकर्तालाई कमजोर नसम्झन आग्रह गरे । उनीहरूले गठबन्धनको उम्मेदवारी दर्ताका कार्यक्रममा भन्दा स्वतन्त्रको उम्मेदवारी दर्तामा कांग्रेसको झन्डा बोकेर जानेको संख्या धेरै रहेको भन्दै स्वतन्त्र उम्मेदवारको पछि लाग्ने मान्छेहरू कांग्रेसका पुराना र विश्वासिला नेताहरू भएका कारण पनि कमजोर नसोच्न खाणलाई अनुरोध गरेका थिए । बैठकमा जनप्रतिनिधिको टिकट वितरणका क्रममा भएको अनियमितताको विषयमा समेत चर्चा भएको थियो ।

गृहमन्त्री खाण चितवनमा दुई दिन बस्ने र यो बसाइमा चितवन कांग्रेसको सम्पूर्ण समस्या हल गर्ने लक्ष्यमा छन् । जिल्लाका नेता तथा कार्यकर्तालाई भेटेर स्वतन्त्र उम्मेदवारी फिर्ताका लागि पहल गर्नेलगायत कार्यक्रममा उनी व्यस्त रहने बताइएको छ । गृहमन्त्री खाणले स्थानीय तह निर्वाचन शान्तिपूर्ण वातावरणमा तोकिएकै मितिमा निष्पक्ष र भयरहित हुनेसमेत बताए । 

सत्तागठबन्धनको भागबन्डामा भरतपुरको मेयर माओवादी केन्द्रले पाएको छ । माओवादीबाट रेनु दाहाल मेयर उम्मेदवार बनेकी छिन् । आफ्नी छोरी मेयर उम्मेदवार बनेको ठाउँमा कांग्रेसले बागी उम्मेदवारी दिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार सुटुक्क चितवन आएर फर्किएका थिए । भरतपुरमा उनले चितवन कांग्रेस सभापति राजेश्वर खनाल र उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीलाई भेटेका थिए । प्रचण्डसँग भेटेका कांग्रेसका दुई नेताले पछि बागी उम्मेदवार पौडेललाई भेटेका थिए । तरुण दलका सहसचिव मोहित पाण्डेले पनि मेयरमा उम्मेदवारी दिएका छन् । 

ad
ad