१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार o६:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम सुस्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o६:३९:oo

सेयर बजार घट्दो क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । सो दिन नेप्से परिसूचक १५ दशमलव शून्य २ अंकले घटेर दुई हजार तीन सय ७० बिन्दुमा आइपुगेको छ । साताको पहिलो दिन आइतबार उच्च अंकले बढे पनि दुई दिनमै ४९ दशमलव ९७ अंकले घट्न पुगेको छ । बजार घटेसँगै कारोबार रकम पनि सुस्ताएको छ । अघिल्लो दिनको भन्दा एक करोड रुपैयाँले कारोबार रकम घटेको हो । यस दिन धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २८ कम्पनीको एक अर्ब चार करोड ६० लाख रुपैयाँको किनबेच भएको छ ।  

सिद्धार्थ बैंक, अपि पावर कम्पनी, नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको दुई करोड रुपैयाँदेखि चार करोड २१ रुपैयाँसम्मको कारोबार भएको छ । कारोबारमा आएका १३ समूहका सूचकमध्ये उत्पादनमूलक समूह र म्युचुअल फन्ड समूहका सूचक सामान्य बढेका छन् ।जलविद्युत् समूह, लगानीगत समूह, विकास बैंक समूहको सूचक १ प्रतिशतभन्दा केही बढीले घटेको छ । घटेको बजारमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एनआइबिएल समृद्ध फन्डको ५ प्रतिशतले बढेको छ भने किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४ प्रतिशतले बढेको छ । 

हिमालयन पावर पार्टनर, मल्टिपर्पाेज फाइनान्स कम्पनी, युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर, माहुली लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३ प्रतिशतदेखि पाँच दशमलव ४१ प्रतिशतले घटेको छ । त्यस्तै, ‘क’ वर्ग कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स एक दशमलव ७४ अंकले घटेर चार सय ५२ दशमलव ९५ बिन्दुमा आइपुगेको छ ।

दोर्दी खोला जलविद्युत् कम्पनीको आइपिओ आवेदन खुला  
दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले मंगलबारदेखि आइपिओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आइपिओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी एक अर्ब पाँच करोड ४२ लाख ६० हजार चार सय रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँबराबरको प्रतिकित्ता एक सय अंकित दरका १० लाख ५४ हजार दुई सय ६० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । जारी सेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ता  सेयरका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा वैशाख २७ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद ११ जेठसम्म रहेको कम्पनीले जनाएको छ ।
 

ad
ad