मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ बैशाख १२ सोमबार
  • Wednesday, 05 August, 2026
२o७९ बैशाख १२ सोमबार १९:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपालको गृहजिल्लामा भएन गठबन्धन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १२ सोमबार १९:२८:oo

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा गठबन्धन हुन सकेन। रौतहटमा सत्तागठबन्धनबीच चुनावी तालमेल हुन नसकेको हो। भागबन्डामा सहमति नभएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले ,नेकपा एकीकृत समाजवादी र जसपाले एक्ला एक्लै उम्मेदवारी दर्ता गराएका छन्।

सोमबार अन्तिम समयसम्म भागबन्डा नमिलेपछि गठबन्धन असफल भएको थियो। माधवकुमार नेपालले रौतहटका तीनदेखि चार पालिकामा प्रमुखका उम्मेदवारको दाबी गरेका थिए। तर कुनै पनि पालिकामा गठबन्धन नभएका कारण सोमबार एक्ला एक्लै मनोनयन दर्ता गराएको नेकपा माओवादी रौतहटका इन्चार्ज युवराज भट्टराईले बताए।

रौतहट जिल्लाभरिमा जसपा र माओवादीबीच रौतहटको कटहरिया नगरपालिकामा मात्र गठबन्धन भएको थियो।

माधवकुमार नेपालको गृहनगर गौर नगरपालिकामा एकीकृत समाजवादी एक्लैले मनोनयन दर्ता गरेको छ। सो पार्टीका  शम्भु साहले उम्मेदवारी दर्ता गराएका छन्। नेपालनिकट मानिने साहले यसअघिको स्थानीय तहको निर्वाचनमा दोस्रो स्थान हासिल गरेका थिए।

यस्तै एकीकृत समाजवादी पार्टीबाट जिल्लाकै ठूलो नगरपालिका चन्द्रपुरमा समेत बाबुराम दाहालको एकल टिमले मनोनयन दर्ता गराएको छ। जिल्ला तहमा गठबन्धनको प्रयास भएको भए पनि हुन नसकेपछि सत्तामा रहेका गठबन्धन दलले रौतहटमा एक्ला एक्लै मनोनयन दर्ता गराएका हुन्।