१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
विदुर कटुवाल उदयपुर
२o८१ जेठ ५ शनिबार o९:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

एमाले उदयपुरले टुंग्यायो उम्मेदवार, आठ पालिकामध्ये ६ वटामा नयाँ अनुहार 

Read Time : < 1 मिनेट
विदुर कटुवाल उदयपुर
नयाँ पत्रिका उदयपुर
२o८१ जेठ ५ शनिबार o९:o६:oo

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले उदयपुरले आठै पालिकामा उम्मेदवारको टुंगो लगाएको छ । चार नगरपालिकामा नगर प्रमुख तथा नगर उपप्रमुख र चारै गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षका लागि उम्मेदवारको टुंगो लगाएको हो । 

चार नगरपालिकामामध्ये बेलका नगरपालिकामा दुर्गा थापा स्वस्तिक र कटारी नगरपालिकामा ज्ञानेन्द्र श्रेष्ठ काजी नगरप्रमुखमा दोहोरिएर उम्मेदवार बन्ने भएका छन् । बाँकी ६ वटा पालिकामा नयाँ अनुहारले मौका पाएका छन् । श्रेष्ठ र थापा ०७४ सालको स्थानीय तहको चुनावमा निर्वाचित नगरप्रमुख हुन् । नगरउपप्रमुखमा कटारीमा गीता खड्का र बेलका जिरा राईको नाम टुंगो लागेको छ । दुवैजना नयाँ हुन् । 

एमाले उदयपुरका अध्यक्ष परमेश घिमिरेका अनुसार यसैगरी चौदण्डीगढी नगरपालिकामा नगरप्रमुखमा कालु लामा, उपप्रमुखमा मणिका दुलाल उम्मेदवार बन्ने भएका छन् । यता त्रियुगा नगरपालिकामा भागवत राउत नगरप्रमुखमा र उपप्रमुख महेश्वरी राई उम्मेदवार बन्ने टुंगो लागेको घिमिरेले बताए ।

यसैगरी, उदयपुरगढी गाउँपालिकामा अध्यक्षमा गोपालबहादुर खत्री, उपाध्यक्षमा कुमारी मगर, रौतामाई गाउँपालिकामा भरत थापा अध्यक्ष, कुमारीज्यू राना उपाध्यक्षको उम्मेदवार बन्ने भएकी छिन् । कुमारी दोहोरिने एक मात्र उपाध्यक्ष हुन् । 

यसैगरी, लिम्चुङबुङ गाउँपालिकामा अध्यक्षमा राजकुमार राई र उपाध्यक्षमा देवीकुमारी कार्की रहेको घिमिरेले बताए । ताप्ली गाउँपालिकामा अध्यक्षमा बाबुराम राई र उपाध्यक्षमा मनकुमारी थापालाई उम्मेदवार बनाउने टुंगो केन्द्रले लगाएको अध्यक्ष घिमिरेको भनाइ छ । 

‘पालिकाबाट सिफारिस भएर जिल्ला हुँदै प्रदेश र पार्टी केन्द्रमा पुगेका नामहरूबाट उम्मेदवारको टुंगो लगाइएको हो,’ अध्यक्ष घिमिरेले भने, ‘मनोनयन दर्ता गर्ने वेलासम्म आवश्यक परे  केही नाम परिवर्तन हुनेछ, त्यो केन्द्रले नै गर्नेछ ।’
 

ad
ad