१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समृद्धिका लागि समाजवादी अर्थ व्यवस्थाको खाँचो छ : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१९:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको लक्ष्य समाजवादी व्यवस्थाका माध्यमबाट जनताको समृद्धि कायम गर्ने रहेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा पार्टीद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले मुलुकमा समृद्धि कायम गरी जनताको सुखको आकांक्षा पूरा गर्न समाजवादी अर्थ व्यवस्थाको खाँचो रहेको बताएका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले व्यक्तिवादी चरित्रले भासिएको एमालेले मार्क्सवाद र लेलिनवादका आदर्शलाई त्यागेका कारण आफूहरूले सो पार्टीबाट विद्रोह गरी नयाँ दल स्थापना गरेको बताए।

पुष्पलालले स्थापना गरेको पार्टीमा गलत प्रवृत्तिले नेतृत्व गर्दा पुष्पलालले विद्रोह गरी पुनः कम्युनिस्ट आन्दोलनलाई रक्षा गर्न नयाँ पार्टी स्थापना गरेको स्मरण गर्दै उनले अहिले आफूले पनि कम्युनिस्ट आदर्शलाई जगेर्ना गर्न नेकपा (एकीकृत समाजवादी) पार्टी खोलेको बताए। अध्यक्ष नेपालले पार्टीले स्थापनाको छोटो कार्यकालमा अहिले देशभर जिल्ला कार्यसमिति निर्माण गरिसकेको उल्लेख गर्दै स्थानीय तहका साथै अधिकांश वडामा संगठन विस्तार भएको जानकारी दिए। 

सो अवसरमा अध्यक्ष नेपालले राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष तथा खेलाडी पिताम्बर तिम्सिनाको नेतृत्वमा १०० भन्दा धेरै कार्यकर्ता उक्त पार्टीमा प्रवेश गराए। पार्टीका उपमहासचिव डा. विजय पौडेलले स्थानीय तह निर्वाचनलक्षित पार्टीको घोषणापत्रबारे जानकारी गराए। रासस