१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख ३० आइतबार o९:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस–एमालेबीचको गोप्य वार्ताले सिन्धुपाल्चोकमा भाँडियो गठबन्धन 

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:५१:oo

सत्ता साझेदार दलको केन्द्रीय नीतिविपरीत नेपाली कांग्रेस सिन्धुपाल्चोकले एमालेसँग गोप्य वार्ता थालेपछि पाँचदलीय गठबन्धन धरापमा परेको छ । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले एमालेसँग तालमेल गर्ने तयारीस्वरूप विभिन्न चरणमा वार्ता गरेकोले गठबन्धन धरापमा परेको हो । 

पाँचदलीय गठबन्धनको नेतृत्व गर्दै आएको कांग्रेसले चरणबद्ध बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई १२ स्थानीय तहमध्ये चार सिट मात्रै दिन सकिने अडान कायमै राखेकोले ६ वैशाखयता नेताहरू एकै ठाउँमा जुट्न सकेका छैनन् । माओवादी केन्द्र र समाजवादीले १२ मध्ये ६ स्थानीय तह लिएर भागबन्डा गर्ने बताएका छन् । तर, कांग्रेसले चारभन्दा बढी सिट दिनै नसकिने अडान राखेपछि बैठक बस्न नसकेको हो । 

गठबन्धनको बैठक छोडेर कांग्रेसले एमालेसँग गोप्य वार्ता चलाइरहेको छ । आफूलाई आठ सिट राखेर एमालेलाई चार सिट दिने कांग्रेसको पुरानै योजनामा छलफल चलिरहेको बताइएको छ । कांग्रेस र एमालेको गोप्य वार्तामा एमालेलाई मेलम्ची, चौतारा साँगाचोकगढी नगरपालिका, पाँचपोखरी थांपाल र त्रिपुरासुन्दरी गाउँपालिका दिने कुरा चलेको छ । यद्यपि, एमालेका नेताहरूले चार सिट मात्रै लिएर तालमेल गर्न नसकिने भन्दै विरोध जनाएका छन् ।

कांग्रेस जिल्ला सभापति जंगबहादुर तामाङले माओवादी र एकीकृत समाजवादीलाई चार सिट दिँदा नमानेको बताए । ‘फेरि बैठक बसौँ भनेर अनुरोध गरेँ । तर, उहाँहरूले चार सिटमा वार्ता हुन नसक्ने भन्दै बैठक अस्वीकार गर्नुभएको छ,’ उनले भने । यता माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षद्वय गोविन्द पराजुली र नवराज पौडेलले गठबन्धनको केन्द्रीय नीतिविपरीत कांग्रेस केन्द्रीय सदस्य बस्नेतले एमालेसँग तालमेल गर्ने तयारी गरेकोले अवस्था जटील बनेको बताए । 

गठबन्धनको अवस्था टुंगो नलागेकोले जिल्लामा क्रियाशील कुनै पनि दलले उम्मेदवारको अन्तिम छनोट गर्न सकेका छैनन् । माओवादी केन्द्र र एमालेले उम्मेदवारको नाम लिस्ट माथिल्लो कमिटीमा सिफारिस गरेको छ । कांग्रेस र एकीकृत समाजवादीले उम्मेदवार सिफारिस गर्न सकेका छैनन् । चौतारा साँगाचोकगढी नगरपालिका मेयर अमानसिंह तामाङलाई एमालेबाट टिकट दिएर कांग्रेस–एमाले तालमेल गर्ने रणनीति असफल भएपछि एमाले पनि पछाडि हटेको बताइएको छ । शुक्रबार अध्यक्ष प्रचण्डसँग भेटेका तामाङ माओवादी छोडेर एमाले नजाने भएपछि तालमेलको दाउपेच पनि बदलिएको छ । 
 

ad
ad