१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:४७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भुवनले जिते सूर्य  नेपाल च्यालेन्ज उपाधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:४७:oo

अन्तिम दिन शुक्रबार नेपालका नम्बर एक खेलाडी भुवन नगरकोटीले १३ अन्डर दुई सय ५९ स्कोर गरी उपाधि हात पारे 

नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीले शुक्रबार सूर्य नेपाल च्यालेन्ज प्रतियोगिताको उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुर २०२१/०२२ अन्तर्गतको सूर्य नेपाल च्यालेन्ज छैटौँ इभेन्ट हो । रोयल नेपाल गल्फ क्लबको पार–६८ मा शुक्रबार भएको अन्तिम दिन भुवनले दुई अन्डर ६६ स्कोर गरेका थिए । समग्रमा उनले प्रतियोगिताभरि १३ अन्डर दुई सय ५९ स्कोर सिजनकै दोस्रो उपाधि हात पारे । करिअरमा उनको यो दसौँ उपाधि हो । उपविजेता बनेका जयराम श्रेष्ठ भुवनभन्दा चार स्ट्रोकले पछि परे । उपाधिसँगै भुवनले एक लाख रुपैयाँ पाएका छन् । 

जयरामले अन्तिम चरणमा ६ अन्डर ६२ को स्कोर गरेका थिए । समग्रमा उनले ९ अन्डर दुई सय ६३ स्कोर गरे । उपविजेता बनेका जयरामले ६५ हजार रुपैयाँ जिते । १३औँ सागका स्वर्ण विजेता सुभाष तामाङ एमेच्योरतर्फ विजेता बनेका छन् । उनले पाँच अन्डर दुई सय ६७ स्कोरको ट्रफी हात पारेका हुन् । अन्तिम दिन सुभाषले एक अन्डर ६९ खेले । उनी प्रतियोगितामा समग्रमा चौथो स्थानमा रहे ।

सुरेश तामाङ दुई सय ९१ स्कोरका साथ एमेच्योरतर्फ दोस्रो भए । त्यसैगरी, गजेन्द्र गुरुङ दुई सय ९२ स्कोरका साथ तेस्रो भए । सञ्जय लामा तेस्रो स्थानमा रहेका छन् । उनले ६ अन्डर दुई सय ६६ स्कोर गर्दै ४६ हजार रुपैयाँ जितेका छन् । पाँच अन्डर दुई सय ६७ स्कोरका साथ दिनेश प्रजापति र रामे मगर संयुक्त रूपमा चौथो भएका छन् । 

अन्तिम दिन दिनेशले दुई ओभर ७० र रामेले पाँच अन्डर ६३ स्कोर गरेका थिए । दुवै खेलाडीले जनही ३६ हजार रुपैयाँ पाएका छन् । त्यसैगरी, प्रतियोगितामा धनबहादुर थापा छैटौँ भएका छन् । उनले ३० हजार जितेका छन् । दुई अन्डर दुई सय ७० स्कोर गरेका भुवनकुमार रोक्का, दीपक मगर र नीरज तामाङ संयुक्त रूपमा साताँै भए । उनीहरूले समान २४ हजार तीन सय ३३ रुपैयाँ हात पारे । एक अन्डर ६७ रन स्कोरका साथ रवि खड्का दसौँ हुँदै २० हजार रुपैयाँ जितेका छन् । 

शीर्ष स्थानका खेलाडी भुवनले फ्रन्ट नाइनमा चार अन्डर ३० स्कोर गरेका थिए । उनले ब्याक नाइनमा दुई ओभर ३६ स्कोर गरे । फाइनलमा सञ्जय लामाभन्दा भुवन एक स्ट्रोकले अगाडि थिए । भुवनले पहिलो, दोस्रो, तेस्रो र चौथो होलमा बर्डी निकाले । उनले सातौँ होलमा बोगी र आठौँ होलमा बर्डी पाए । भुवनले ब्याक नाइनको १४ र १५औँ होलमा खराब प्रदर्शन गरेका थिए । 

प्रतियोगिताको अन्तिम दिन दोस्रो स्थानमा रहेका जयरामले फ्रन्ट नाइनमा चार अन्डर ३० र ब्याक नाइनमा दुई अन्डर ३२ स्कोर गरेका थिए । उनले पाँचाैँ होलमा बोगीको सामना गरे । नेपाल प्रोफेसनल गल्फ एसोसिएसनको आयोजनामा सो प्रतियोगिता १९ देखि २२ अप्रिलसम्म रोयल नेपाल गल्फ क्लबमा भएको हो । प्रतियोगितामा ६० जना गल्फरको सहभागिता रहेको थियो । जसमा ३८ व्यावसायिक र २२ एमेच्योेर गल्फरले प्रतिस्पर्धा गरेका थिए ।