१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चिडियाखानामा चिम्पान्जीलाई नयाँ घर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२६:oo

सदर चिडियाखानामा रहेका एकजोडी चिम्पान्जीका लागि सुविधा सम्पन्न ‘चिम्पान्जीको घर’ बनाइएको छ। शुक्रबार सदर चिडियाखानाको परिसरमा नवनिर्मित ‘चिम्पान्जीको घर’ वन तथा वातावरण मन्त्रालयका सचिव एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य पेमनारायण कँडेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले संयुक्त रूपमा उद्घाटन गरे। 

उक्त घर चिम्पान्जीका लागि सुविधा सम्पन्न रहेको तथा चिडियाखाना आउने दर्शकहरूका लागि पनि सजिलै अवलोकन गर्न सकिने गरी निर्माण गरिएको सदर चिडियाखानाले बताएको छ।

चिडियाखानामा रहेका एक जोडी चिम्पान्जीका बच्चा २०७४ साल असोज ३१ गते अवैध रूपमा नेपाल ल्याइएको अवस्थामा केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) ले उद्धार गरी चिडियाखानामा ल्याइएको थियो। 

चिडियाखाना आइपुग्दा चिम्पान्जीको भाले बच्चा अन्दाजी ३ महिनाको र तौल ३.५ केजी रहेको तथा पोथी बच्चा अन्दाजी ६ महिनाको र तौल ४ केजी रहेकोमा हाल भालेको तौल २१ केजी र पोथीको तौल २४ केजी रहेको छ। चिम्पान्जीलाई मौसमअनुसारको फलफूल, सागसब्जी, दूध, पाउरोटी, मह खुवाउने गरिएको छ।

चिम्पान्जीको जोडीलाई प्रभुशम्शेर जबरा तथा राजी राणा ट्रस्टकी राजी राणाले वार्षिक दश लाख रुपैयाँ उपलब्ध गराएर अभिभावकत्व लिएका छन्। चिडियाखानाले वन्यजन्तु अभिभावकत्व अभियान सुरु गरेको र यस अभियानअन्तर्गत चिडियाखानाका वन्यजन्तुहरूको आवश्यक आहारा, स्याहार, स्वास्थ्योपचार खर्चलगायतका सम्पूर्ण अभिभावकत्व जो कोहीले लिन सक्ने सदर चिडियाखानाले बताएको छ।

१२० रोपनी क्षेत्रफलमा फैलिएको सदर चिडियाखानामा हाल ११३ प्रजातिका विभिन्न वन्यजन्तुहरू प्रदर्शनीमा रहेका छन्। सदर चिडियाखानाले वार्षिक रूपमा औसत ३०० वन्यजन्तुको उद्धार गर्दै आएको बताइएको छ।