१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ६ आइतबार o६:११:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

महानगर र उपमहानगरमा आंशिक तालमेलको पक्षमा एमाले 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o६:११:oo

उम्मेदवार सिफारिस गरिसकेको एमालेले महानगर र उपमहानगरमा आंशिक तालमेलको नीति लिएको छ । एमालेले राप्रपा नेपाल र परिवार दलसँग तालमेल गर्ने सहमति गरे पनि उनीहरू ६ वटै महानगरमा बलियो शक्तिका रूपमा नरहेकाले आंशिक तालमेलको नीति लिएको हो । 

६ महानगर र ११ उपमहानगरमा उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाइसकेको एमालेले उनीहरूसँग केही वडामा मात्र तालमेल गर्ने गरी ढोका खुला राखेको छ । एमाले, राप्रपा नेपाल र परिवार दलको केन्द्रीय कार्यदलले पनि स्थानीय कमिटीबीच नै वार्ता गरेर वडामा हुन सक्ने तालमेल जिल्ला र प्रदेशबाटै टुंग्याउन निर्देशन दिएका छन् ।

एमाले स्थानीय निकाय विभाग प्रमुख देवेन्द्र दाहाल भन्छन्–

महानगरहरूमा उपमेयरकै तहमा तालमेल गर्ने कुरा भएको छैन, वडाहरूमा प्रदेश र जिल्लाले नै टुंग्याउन सक्ने निर्देशन दिएर संयुक्त रूपमा सर्कुलर गरिसकेका छौँ, त्यससम्बन्धी रिपोर्ट मात्र केन्द्रमा आउँछ । तालमेल गरेका दलहरूको दाबी कतिपय महानगरका वडामा छ, त्यसैले महानगरमा आंशिक तालमेल हुनेछ ।

‘हामीबीच महानगरहरूमा उपमेयरकै तहमा तालमेल गर्ने कुरा भएको छैन, वडामा प्रदेश र जिल्लाले नै टुंग्याउन सक्ने निर्देशन दिएर संयुक्त रूपमा सर्कुलर गरिसकेका छौँ, त्यससम्बन्धी रिपोर्ट मात्र केन्द्रमा आउँछ,’ एमाले स्थानीय निकाय विभागका प्रमुख देवेन्द्र दाहालले भने, ‘तालमेल गरेका दलहरूको दाबी कतिपय महानगरका वडामा छ, पुराना र स्थापित नेता भए पनि नयाँ संगठन बनाउँदै हुनुहुन्छ, जहाँ–जहाँ प्रभाव छ, त्यही तहको कमिटीबीच छलफल गरेर तालमेल टुंगिन्छ, त्यसैले महानगरमा आंशिक तालमेल हुनेछ ।’

महानगरमध्ये एमालेले वीरगन्जमा मात्र उपमेयर सिफारिस गरेको छैन । मेयरमा हालका प्रमुख विजय सराबगीको नाम स्थानीय कमिटीले सर्वसम्मत सिफारिस गरेपछि उपमेयरमा भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग तालमेल गर्ने एमालेको प्रयास छ । एमाले स्थायी समिति सदस्य प्रभु साहले त्यस सन्दर्भमा पर्सा जिल्ला कमिटीले नै पहल गरिरहेको बताए । 

‘मैले सबै कुरा बुझेको छैन, तर उपमेयरमा तालमेल गरेर जान सकिने विषयमा जिल्लाले नै पहल गरिरहेको छ । हाम्रो लेभलमा कुरा भएको पनि छैन, तर जिल्लास्तरमा भइरहेको कुराकानीलाई हामीले सकारात्मक रूपमै लिइरहेका छौँ,’ साहले नयाँ पत्रिकासँग भने । 

चितवनको भरतपुरमा पनि एमालेले सर्वसम्मत रूपमा मेयरमा विजय सुवेदीलाई छनोट गरेको छ । उपमेयरमा भने सर्वसम्मत हुन नसकेको नामावली प्रदेश कमिटीमा पठाइसकिएको चितवनका अध्यक्ष राम न्यौपानेले बताए । उपमेयरका आकांक्षीबीच सहमति नभएपछि नामावली माथिल्लो कमिटीमा पठाइएको जानकारी दिँदै उनले तत्कालका लागि भरतपुरको उपमेयरमा कुनै पनि दलसँग औपचारिक तालमेलको सम्भावना नरहेको बताए । यद्यपि, उनले परमादेश गठबन्धनको विरोधमा रहेका दलहरूबीच स्थानीय आवश्यकताअनुसार तालमेल हुन सक्ने पार्टीको नीतिमा भने प्रस्ट रहेको जानकारी दिए ।

‘गठबन्धन गरेर जाने तहमा कुरा भएको छैन, तर अहिलेसम्म स्वच्छ प्रतिस्पर्धामा आपसी सहकार्य गर्ने भन्ने कुराचाहिँ भएको छ, उहाँहरूका उम्मेदवारलाई सूर्य चिह्नकै रूपमा ग्रहण गर्न पनि सकिन्छ,’ न्यौपानेले भने, ‘परमादेशी गठबन्धनबाहिरका दलहरूसँगको सहकार्यलाई पूर्ण रूपमा अस्वीकारचाहिँ हामी गरिहाल्दैनौँ ।’

भरतपुरको उपमेयरमा एमालेले शारदा कुमाल, विद्या आचार्य, गीता श्रेष्ठ, शान्ति अधिकारी, सुनिता अधिकारी, अञ्जुदेवी शर्मा, निशा अधिकारी र मुना श्रेष्ठसहित १० जनाको नाम सिफारिस गरेको छ । 

राप्रपा नेपालका महामन्त्री सुशील श्रेष्ठले भने काठमाडौं महानगर र नेपालगन्ज उपमहानगरपालिकामा आफ्नो पार्टीले उपमेयर दाबी गर्न सक्ने बताए । यद्यपि, उनले त्यस विषयमा सबै अधिकार जिल्ला समितिलाई नै दिएकाले केन्द्रमा एमाले र राप्रपा नेपालको संयुक्त समितिले प्रतिवेदन दिएपछि मात्रै कहाँ कसरी तालमेल हुन सक्ने सम्भावना छ भन्न सकिने बताए ।

धेरैजसो महानगर र उपमहानगरमा भने राप्रपा नेपालले वडाध्यक्षमा दाबी गर्ने जानकारी दिँदै उनले संख्या अहिल्यै यकिन रूपमा भन्न नसकिने बताए । ‘हामीले जिल्ला समितिलाई नै अधिकार दिएका छौँ, उनीहरूले नै आवश्यकताबारे आपसमा छलफल गर्छन्, निर्णय गर्छन्, निर्णय हुन सकेन भने मात्र केन्द्रमा आउने हो,’ उनले भने । श्रेष्ठले काठमाडौं र नेपालगन्जमा जिल्ला तहमा अनौपचारिक छलफल सुरु भएकाले बिहीबार बेलुकीसम्म प्रतिवेदन आउने सम्भावना रहेको बताए । एमालेले ६ महानगर र ११ उपमहानगरमा उम्मेदवार सिफारिस गरिसकेको छ । तीमध्ये ललितपुर, वीरगन्ज र नेपालगन्जमा एमालेले सर्वसम्मत उम्मेदवार छनोट गरेको छ ।

ad
ad