१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
एजेन्सी अफगानिस्तान
Invalid date format २२:o५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानको निजी क्षेत्र संकटमा : विश्व बैंक

Read Time : < 1 मिनेट
एजेन्सी अफगानिस्तान
नयाँ पत्रिका अफगानिस्तान
Invalid date format २२:o५:oo

अफगानिस्तानमा गत वर्ष अगस्टदेखि तालिबानले सत्ता लिएसँगै राजनीतिक संकट जारी रहेका बेला निजी क्षेत्रमाथि ठूलो प्रहार भएको उनीहरूले गुनासो गरेका छन् । विश्व वैंकद्वारा गरिएको सर्भेलाई उद्धृत गर्दै अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमले निजी क्षेत्रको व्यवसाय चौपट भएको, हजारौँले रोजगारी गुमाएको भयावह स्थिति देखिएको उल्लेख गरेका छन् । 

ठूला व्यवसाय ३८ प्रतिशत बन्द भएको, मध्यम व्यवसाय २५ प्रतिशतमा गिरावट आएको विश्व वैंकको तथ्यांकलाई उद्धृत गर्दै खामा न्युजले जनाएको छ । सर्भेअनुसार निजी व्यावसायिक क्षेत्रले गहिरिँदो आर्थिक संकटका कारण ग्राहकको माग पूरा गर्न सकेको छैन ।

‘सर्भेक्षणका क्रममा धेरैजसो व्यवसायीहरूले आफ्ना उत्पादन र सेवामा कटौती आएको, उनीहरूलाई लगानी घटाउन, कर्मचारी फिर्ता गर्न, काम नगर्न जबर्जस्ती दबाब दिइएको छ, महिलाहरू सबैभन्दा बढी जोखिममा छन् किनभने महिलाहरूको स्वामित्वमा रहेका ४२ प्रतिशतभन्दा बढी फर्महरू बन्द छन्,’ खामा न्युजले समाचार दिएको छ । 

व्यवसायहरूबाट दुईतिहाइ महिला कामदारलाई तालिबान सरकारको आदेशमा जबर्जस्ती हटाइएको छ,  ‘लगातारको नाकाबन्दी, विदेशी मुद्राको बढ्दो भाउ, सामानको मूल्यबृद्धिका कारण आयातीत सामानको पहुँचमा पनि निकै कठिन भएको छ । अफगानिस्तानमा बैंकिङ सबैभन्दा बढी प्रभावित भएको छ,’ विश्व वैंकको रिपोर्टमा उल्लेख छ, ‘बैंकहरूमा सीमित तरलता तथा भुक्तानी सेवा प्रभावित हुँदा घरेलु लेनदेनमा समेत प्रतिकूल असर परेको छ ।’