मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख २ शुक्रबार
  • Friday, 11 July, 2025
२o७९ बैशाख २ शुक्रबार २o:३५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भरतपुरमा अंकुरम अन्डर २० राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २ शुक्रबार २o:३५:oo

राष्ट्रिय टिममा खेलाडी छनोट गर्ने लक्ष्य राखी भरतपुरमा रग्बी प्रतियोगिता संचालन हुने भएको छ । शनिबार भरतपुर ७ कृष्णपुर स्पोटर्स मैदानमा महिला र पुरुषको गरेर १० वटा टिमले प्रतिस्पर्धा गर्दै छन् ।

‘अंकुरम अन्डर २० राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियन’ नाम दिइएको प्रतियोगितामा चितवनसहित मकवानपुर, धनगडी, काठमाडौंको टिम सहभागी छ । अंकुरम अन्डर २० राष्ट्रिय रग्बी सेभेन्स एवं नेपाल रग्बी संघ प्रतियोगिता कमिटीका संयोजक विनोद तामाङले आउँदो वर्ष अन्डर १८ एसियन ट्रफी अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने भएकाले यसैको तयारीस्वरूप नेपाल रग्बी संघ, प्रतियोगिता कमिटीको आयोजना तथा चितवन रग्बी संघका व्यवस्थापनमा प्रतियोगिता हुन लागेको बताए । 

अंकुरम एकेडेमीकै सक्रियतामा दुई वर्षअघि स्कुलस्तरीय रग्बी खेलको प्रशिक्षण र यस वर्ष कोचको तालिमसमेत सम्पन्न भएको चितवन रग्बी संघका अध्यक्ष एवं अंकुरम् एकेडेमीका प्रिन्सिपल सुमन पौडेलले जानकारी दिए । प्रतियोगिता विजेतालाई ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिनेछ ।