मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ चैत ३० बुधबार
  • Wednesday, 02 September, 2026
एजेन्सी
२o७८ चैत ३० बुधबार १७:५३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

एक हजार बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७८ चैत ३० बुधबार १७:५३:oo

एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका रुसको रक्षा मन्त्रालयले बुधबार जनाएको छ। रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनको ३६औँ मरिन ब्रिगेडका १६२ अधिकारीसहित एक हजार २६ सैनिकले आत्मसमर्पण गरेका हुन् । ‘रुसी सशस्त्र बल र डोन्तेस्क जनगणतन्त्रका सैन्य इकाइको सफल प्रयासमा ३६औँ मरिन ब्रिगेडका १०२६ सैनिकले स्वेच्छाले हतियार बिसाएर आत्पसमर्पण गरेका छन्,’ रुसी रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

१५१ जना घाइते युक्रेनी सैनिकलाई मारिउपुलका अस्पतालमा पठाइएको पनि रुसी रक्षा मन्त्रालयले जनाएको छ । आत्मसमर्पण गरेका सैनिकहरूलाई  एक महिनाभन्दा बढी समयदेखि रुसी सेनाले आफ्नो नियन्त्रणमा राखेको बताइएको छ ।