१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
२o८१ जेठ १३ आइतबार o६:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रिन्स र राजपुरालाई उत्कृष्ट खेलाडीको अवार्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o६:५६:oo

ब्याडमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सका राजपुरा पछाईले उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । धनगढीमा मंगलबार भएको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०७८’ मा दाहाल र राजपुरा उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

उत्कृष्ट खेलाडी विधामा पुरुषतर्फ प्रिन्स, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलका टिकेन्द्र थापा र महिलातर्फ भलिबलका सरस्वती चौधरी, एथ्लेटिक्सका राजपुरा पछाई र फुटबलका उषा नाथ मनोनयनमा परेका थिए । उत्कृष्ट खेलाडी घोषित दुवैजनाले जनही ३५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रिन्स ब्याडमिन्टनमा जुनियरतर्फ विश्व वरीयतामा पहिलो नम्बरमा छन् । उनले विभिन्न प्रतियोगितामा पदक जितेका छन् । राजपुराले भारतको नागाल्यान्डमा भएको साफ क्रस कन्ट्री दौडमा रजत पदक जितेकी थिइन् । नेपालमा पनि उनले विभिन्न प्रतियोगितामा पदक जितेकी छिन् । 

उत्कृष्ट प्रशिक्षकको अवार्ड भलिबलका जगदीश भट्टले जितेका छन् । उनले यो विधामा मनोनयनमा परेका बक्सिङका डम्बरदत्त भट्ट र फुटबलका ललित चन्दलाई पछि पारेर अवार्ड हात पारेका हुन् । अवार्डसँगै उनले नगद ३० हजार पाए ।

फुटबल प्रशिक्षक लालबहादुर खड्कालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । अवार्डसँगै उनलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
धनगढीका खड्काले जीवनको महत्वपूर्ण समय फुटबल प्रशिक्षणमा खर्चेका छन् । उनको प्रशिक्षणमा सुदूरपश्चिमले धनगढीमा भएको छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक जितेका थिए ।

यस्तै, क्रिकेट खेलको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै क्रिकेट प्रशिक्षक स्वर्गीय अर्जुन खड्कालाई स्पेसल अवार्ड प्रदान गरिएको छ । स्वर्गीय खड्काकी श्रीमती निलमलाई उक्त अवार्ड हस्तान्तरण गरियो । स्पेसल अवार्डको पुरस्कार राशि २५ हजार रहेको छ । वर्ष युवा खेलाडी अवार्ड फुटबलकी चन्द्रा भण्डारीले पाइन् । अवार्डसँगै उनलाई नगद २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो । यो अवार्डका लागि चन्द्रासहित क्रिकेटका लोकेश बम र भलिबलका विशाल भण्डारी मनोनयनमा परेका थिए । 

सुदूरपश्चिम आइकन महिलाको अवार्ड बक्सिङकी स्वस्तिका तिरुवाले जितेकी छन् । क्रिकेटकी कविता कुँवर र तेक्वान्दोकी गीता कठायत पनि यो विधाको मनोनयमा परेका थिए । सोही विधाको पुरुषतर्फको अवार्ड फुटबलका कुबेर सिंहले प्राप्त गरे । यो विधामा क्रिकेटका अर्जुन साउँद र भारोत्तोलनका अशोक भण्डारी पनि मनोनयनमा परेका थिए ।  सुदूरपश्चिम आइकन विधाको पुरस्कार राशि २०–२० हजार रुपैयाँ रहेको छ । खेलकुद पत्रकार मञ्च कैलालीले अवार्ड आयोजना गरेको हो । 

अवार्ड पाउने खेलाडी
उत्कृष्ट खेलाडी : प्रिन्स दाहाल, राजपुरा पछाई
उत्कृष्ट प्रशिक्षक : जगदीश भट्ट
लाइफटाइम एचिभमेन्ट अवार्ड : लालबहादुर खड्का
स्पेसल अवार्ड : स्व. अर्जुन खड्का
सुदूरपश्चिम आइकन महिला : स्वस्तिका तिरुवा
सुदूरपश्चिम आइकन पुरुष : कुबेर सिंह
वर्ष युवा खेलाडी अवार्ड : चन्द्रा भण्डारी

ad
ad