Skip This
संसदबाटै बजेट आउँछ : अर्थमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार १७:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संसदबाटै बजेट आउँछ : अर्थमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १७:१४:oo

अर्थमन्त्री वर्षमान पुनले संवैधानिक व्यवस्थाअनुसार संसदबाटै बजेट आउने बताएका छन्। संसद् भवनपरिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्थमन्त्रीले संसदबाटै बजेट ल्याउने प्रस्ट पारेका हुन्।

विगतमा बजेटमाथि राजनीति हुने गरेको उल्लेख गर्दै पुनले नयाँ संविधानमा जेठ १५ गते बजेट ल्याउने व्यवस्थाअनुसार नै बजेट आउने बताए।

‘यो संवैधानिक व्यवस्था हामी सबै मिलेर ल्याएका हौँ। त्यसकारण कुनै मार्सल लगाउनुपर्ने, संसद्बाहिर पेस गर्ने हामीले सोचेका छैनौँ। संविधानले जे दिशा निर्देश गरेको छ, त्यहीअनुसार शान्तिपूर्ण ढंगले संसदमा नै बजेट प्रस्तुत गर्ने सोचेका छौँ,’  उनले भने।

सरकारमा सधैँ एउटै दल नरहने उल्लेख गर्दै मन्त्री पुनले बजेट ल्याउन अवरोध गर्ने गलत अभ्यासले कुनै सरकारले पनि बजेट पेस गर्न नसक्ने बताए।

ad
ad
ad
ad