Skip This
पर्सामा नेपाल वेयर हाउजिङको अन्न भण्डारण सेवा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार १७:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

पर्सामा नेपाल वेयर हाउजिङको अन्न भण्डारण सेवा

भण्डारण गरेको अन्न धितोमा कर्जा पाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १७:४८:oo

पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षित रूपमा भण्डारण गर्ने सेवा सुरु भएको छ। पर्साको बिरुवागुठीमा नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले यो सेवा सुरु गरेको हो।

पर्सासहित सुनसरीको गढी र कपिलवस्तुको वीरपुरमा कम्पनीले अन्न भण्डारण गृह निर्माण गरिसकेको शुक्रबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष आनन्द बगरियाले जानकारी दिए।

यी तीनवटा भण्डारण गृहको कुल क्षमता ५५ हजार मेट्रिक टन रहेको छ। ‘सबैभन्दा बढी क्षमताको वेयर हाउस पर्सामा निर्माण गरी सञ्चालनमा ल्याएका छौँ,’ कार्यक्रममा अध्यक्ष बगरियाले भने, ‘पर्साको २५ हजार मेट्रिक टन तथा सुनसरी र कपिलवस्तुको १५-१५ हजार मेट्रिक टन क्षमताका छन्।’

कम्पनीका महाप्रबन्धक समीरराज सत्यालका अनुसार यी भण्डारण गृहमा गहुँ, मकै र भटमासलगायत सबै किसिमका अन्न भण्डारण गर्न सकिन्छ। 

भण्डारण गरिएको अन्न धितो राखेर कर्जा पनि लिन सकिने कम्पनीले जनाएको छ। यो सुविधाले किसानलाई व्यापारीको मूल्यमा आफ्नो उत्पादन बेच्नुपर्ने बाध्यताबाट मुक्ति दिने अपेक्षा कम्पनीले गरेको छ। 

ad
ad
ad
ad