१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o६:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसियाका सिइओ न्यौपानेलाई ‘म्यानेजर अफ द इयर अवार्ड’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:३o:oo

नेपाल व्यवस्थापन संघले एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई ‘म्यानेजर अफ द इयर अवार्ड–२०२२’ बाट सम्मानित गरेको छ । न्यौपानेले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्‍याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै काठमाडौंमा नेपाल व्यवस्थापन संघले सम्मान गरेको हो । सम्मान प्राप्त गरेपछि प्रमुख कार्यकारी अधिकृत न्यौपानेले उक्त पुरस्कार सम्पूर्ण बैंकका सहकर्मी तथा सहयोगीलाई समर्पण गरेको बताए । उक्त पुरस्कारबाट सम्मानित गरेकोमा व्यवस्थापन संघ, पुरस्कार छनोट समिति तथा व्यवस्थापन संघका पदााधिकारीप्रति उनले कृतज्ञता जाहेर गरेका थिए ।

 न्यौपानेले पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब ७३ अर्ब रुपैयाँबाट झन्डै चार गुणाले वृद्धि भई दुई खर्ब ७४ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ । त्यस्तै, निक्षेप संकलनतर्फ पनि ८६ अर्ब रुपैयाँबाट करिब चार गुणाले वृद्धि भई तीन खर्ब रुपैयाँ पुगेको जनाइएको छ । बैंकको प्रतिसेयर आम्दानी पनि करिब दुई गुणाले बढेर ४१ रुपैयाँ ४३ पैसा पुगेको उल्लेख छ ।

बैंकका सबैजसो मानक उल्लेख्य र उपलब्धिहरू ऐतिहासिक रहेको बैंकले जनाएको छ । नेतृत्व सम्हालेको छोटो समयमै देशभर करिब ३६ लाखभन्दा बढी ग्राहकसँग शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरूमार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङको नाता स्थापित गर्न र विभिन्न प्रमुख वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा देशको सर्वोत्कृष्ट बैंकका रूपमा स्थापित गराउन उनको नेतृत्वमा सफल भएको जनाइएको छ ।  

न्यौपाने राष्ट्रपतिबाट ‘प्रबल जनसेवा श्री (चतुर्थ)’, ‘कर्पोरेट सिइओ अफ द इयर, २०७८’ र ग्लोबल बिजनेस आउटलुक (जिबिओ) लन्डनबाट ‘बैंकिङ सिइओ अफ द इयर–नेपाल २०२१’ बाट समेत सम्मानित भएको बैंकले जनाएको छ । हाल बैंकले देशभरमा तीन सय ५८ शाखा, चार सय ७३ एटिएम, एक सय एक विस्तारित काउन्टर एवं ८१ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ । 
 

ad
ad