१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १३:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धानको कन्टेनरबाट दुई सय बोरा चिनी बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १३:२१:oo

भारतबाट धान लिएर आएको कन्टेनरलाई सर्लाही भन्सार कार्यालय मलंगवामा जाँच गर्ने क्रममा दुई सय बोरा चिनी बरामद भएको छ। भारतको पटनाबाट धान भनेर ल्याइएका दुई कन्टेनरबाट दुई सय बोरामा राखिएको १० हजार किलो चिनी बरामद भएको भन्सार कार्यालयका प्रमुख मुरारीप्रसाद काफ्लेले जानकारी दिए।

कन्टेनरको अगाडिको भागमा धान राखेर भित्रपट्टि चिनी राखिएको अवस्थामा फेलापरेको उनले जानकारी दिए। कन्टेनरबाट बरामद भएको २० क्विन्टल धान र चिनी जफत गरिएको छ भने कन्टेनरलाई नियन्त्रणमा राखेर मुद्दा प्रक्रिया बढाइएको भन्सार प्रमुख काफ्लेले बताए।

कन्टेनरका चालकलाई तीन लाख रुपैयाँ धरौटीमा छाडिएको भन्सार कार्यालयले जनाएको छ। धान सर्लाहीको हरिवनमा लिएर जाँदै गरेको चालकले बयान दिए पनि चिनीबारे केही नबताएको भन्सार कार्यालयले जनाएको छ। भारतीय कस्टम सोनबर्सा र सीमामा खटिएको भारतीय सुरक्षाकर्मी एसएसबीले जाँच पास गरेको कन्टेनरबाट उक्त परिमाणबराबरको चिनी बरामद गरिएको हो। रासस

ad
ad