१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २६ शनिबार
  • Saturday, 05 July, 2025
२o७८ चैत २६ शनिबार १७:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

होटेल र पसल तोडफोड गरेको भन्दै गाउँपालिका अध्यक्षको घर घेराउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २६ शनिबार १७:१६:oo

दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराको घरमा माओवादी केन्द्रका कार्यकर्ताहरूले ढुंगामुढाको प्रयास गरेका छन्। शुक्रबार राति अध्यक्ष फडेराकाे नेतृत्वमा रहेका एमाले कार्यकर्ताले माओवादीनिकट व्यक्तिका होटेल र पसलमा तोडफोड गरेको भन्दै माओवादी कार्यकर्ताले शनिबार दिउँसो फडेराको घरमा तोडफोड प्रयास गरेका हुन्।
 
प्रहरी निरीक्षक दानसिंह भण्डारीले शुक्रबार रातिको घटनालाई लिएर आज माओवादी कार्यकर्ताले अध्यक्ष फडेराको घर घेरेको बताए। स्थानीयका अनुसार ठूलै संख्यामा आएका माओवादी कार्यकर्ताहरूले घरमा ढुंगामुढा गर्दा घरको माथिल्लो तलामा रहेको सोलार प्यानल फुटेको छ।

घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको छ। हिजो राति अध्यक्ष फडेराको नेतत्वमा नाराजुलुससहित आएको टोलीले एउटा पसल र होटेलमा तोडफाेड गर्नुका साथै माओवादी केन्द्रका कार्यकर्तामाथि हातपातसमेत गरेको उनीहरूको आरोप छ। त्यसको प्रतिवादस्वरूप आज अध्यक्ष फडेराको घर घेरिएको माओवादी अदानचुलीले विज्ञप्ति निकालेर जानकारी दिएको छ।