मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ चैत २६ शनिबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका न्यूयोर्क
२o७८ चैत २६ शनिबार १४:३९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

करिब ६० लाख सोमालियाली खाद्य संकटमा : संयुक्त राष्ट्रसंघ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्यूयोर्क
नयाँ पत्रिका
२o७८ चैत २६ शनिबार १४:३९:oo

संयुक्त राष्ट्रसंघले सोमालियामा खाद्य संकट उत्पन्न भएको भन्दै सो समस्याको जोखिममा कम्तीमा पनि ६० लाख मानिस परेका बताएको छ। खाद्य संकटका कारण उत्पन्न भएको समस्या तत्कालै टार्नका लागि संयुक्त राष्ट्रसंघले सहयोगको अपिल पनि गरेको छ। त्यहाँ केही समय यतादेखिको खडेरी तथा आन्तरिक द्वन्द्वका कारण खाद्य संकट परेको जनाइएको छ।

यहाँ समयमा पानी नपरेका कारण देशव्यापी रूपमा सुक्खापन भएको समाचार पहिलेदेखि नै आएको थियो। अहिले भने यही अप्रिलदेखि जुलाई महिनासम्ममा कम्तीमा पनि ६० लाख मानिस खाद्यान्न तथा अन्य आधारभूत आवश्यकताको अभावमा पर्ने समस्या देखिएको बताइएको छ। जसका कारण यहाँका ६० लाखभन्दा बढी मानिस प्रभावित भएका सोमालियामा रहेको मानवीय सहायतासम्बन्धी निकायले जानकारी दिएको छ।

मानवीयतासम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए)का अनुसार सोमालियामा हालैका दिनमा देखिएको चरम खाद्य संकटले गर्दा लाखौँलाख मानिस विस्थापित भएका छन्।

यो वर्ष नै अप्रिलदेखि जुलाईसम्ममा ती नागरिकलाई खाद्य संकट पर्ने जनाइएको थियो। यहाँका अधिकारीहरूले आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएको बताएका छन् भने अर्कातर्फ यहाँ आन्तरिक द्वन्द्वका कारण पनि मानिसहरूले खान पाएका छैनन् ।

संयुक्त राष्ट्रसंघीय प्रवक्ता स्टेफन डुजारिकले शुक्रबार आयोजना गरिएको एक पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन्। ओसिएचए सोमालियाका संयोजकले यहाँका कम्तीमा पनि ६० लाख नागरिकलाई तत्कालै खाद्य सहयोग उपलब्ध गराउनुपर्ने अवस्था रहेको यसअघि नै बताएका थिए।

सोमालियाको सरकारले संयुक्त राष्ट्रसंघीय अधिकारीहरूसँग परामर्श गरी यहाँ खडेरीका कारण खाद्य संकट पर्न गएको घोषणा गरेको थियो । सोही कारण संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरूलाई आग्रह पनि गरेको बताइएको छ। रासस/सिन्ह्वा