१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २६ शनिबार
  • Sunday, 11 May, 2025
२o७८ चैत २६ शनिबार ११:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिप दुर्घटनामा सात घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २६ शनिबार ११:३२:oo

दार्चुलाको मार्मा गाउँपालिकामा जिप दुर्घटना भएको छ । मार्मा गाउँपालिका– २ सिमारनजिकै सुपप्र ०१–००१ ज १२०८ नम्बरको जिप दुर्घटना भएको हो । लटिनाथ–मकरीगाड सडक खण्डमा भएको जिप दुर्घटनामा परी सातजना घाइते भएका छन् ।

जिप दुर्घटनामा परी दीया धामी गम्भीर घाइते भएका छन् । यस्तै, रतनसिंह धामी, रघुवीरसिंह धामी, जानकी ठगुन्ना, पाना महर, परुली धामी, देवानसिंह ठगुन्ना घाइते भएका छन् । घाइतेहरूको लटिनाथ स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

जिपचालक देवेन्द्र टमटा फरार रहेको इलाका प्रहरी कार्यालय लटिनाथका सइ ललित थापाले बताए । उनको खोजी भइरहेको छ ।