१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका म्याग्दी
२o८१ जेठ ६ आइतबार १७:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

खोलो तरेर लौरो बिर्सन हुँदैन, चुनावमा गठबन्धन हुन्छ : गृहमन्त्री खाण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १७:४२:oo

गृहमन्त्री बालकृष्ण खाणले आगामी निर्वाचनहरूमा गठबन्धनमै चुनाव लड्ने बताएका छन्। सदरमुकाम बेनीमा शुक्रबार नेपाल छन्त्याल संघको ७औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री खाणले यस्तो बताएका हुन्।

तत्कालीन नेकपा सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीले संविधानमाथि प्रहार गर्दै असंवैधानिक कदमहरू चाल्न उद्दत भएपछि कांग्रेसले बाध्यात्मक रूपमा गठबन्धन गरी संविधानको रक्षा गरेको उनले बताए। संसदमा कांग्रेसको अंकगणितले मात्र ओलीले गरेका असंवैधानिक कदमहरूको प्रतिरोध गर्ने अवस्था नहुँदा कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेको उनको भनाइ छ।

‘हिजो हामीले निर्वाचनमा गठबन्धन गर्ने, सरकारमा भाडबन्डा गर्ने सहमति गरेर सरकार बनाएका हौँ। सोहीअनुसार निर्वाचनमा सत्तागठबन्धबीच चुनावी गठबन्धन हुन्छ। खोलो तरेर लौरो बिर्सन हुँदैन भन्नेमा हामी प्रतिबद्ध छौँ,’ उनले भने।

नेपालमा राजनीतिक परिवर्तन, शान्ति स्थापना, संविधान निर्माणलगायतका विशिष्ट अवस्थामा विचार नमिल्ने दलहरूबीचमा पनि सहमति र सहकार्य भएको स्मरण गराउँदै खाणले कार्यकर्ताहरूलाई निर्वाचनमा गठबन्धन गरेर अघि बढ्न आग्रह गरे। ‘निश्चित उद्देश्य प्राप्तिका लागि दलहरूबीच विभिन्न समयमा सहकार्य भएको छ। यसपटक संविधान मिच्नेहरूसँगको लडाइँका लागि गठबन्धन भएको छ। संसद्को गणित परिवर्तन नहुँदासम्म गठबन्धन कायम रहन्छ,’ उनले भने।

ad
ad