१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १६:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मन्त्री बडूद्वारा पदभार ग्रहण, ओ एन्ड एम अध्ययनका लागि कार्यदल गठन गर्ने निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १६:१८:oo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पदभार ग्रहण गरेका छन्। मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उनले साना तथा मझौला उद्योग महाशाखा गठन गर्ने र त्यसको छुट्टै नीति निर्माण तथा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम सर्भे) अध्ययनका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरे।

यसैगरी, मन्त्री बडूले कोरोना महामारीले शिथिल बनेको अर्थतन्त्र पुनः चलायमान हुन थालेको र मुलुकको अर्थतन्त्रसँग जोडिएको मन्त्रालयका तात्कालिक र दीर्घकालीन समस्या एवं चुनौतीहरू सबै  मिलेर समाधान गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिज्यूले मन्त्री बडूलाई नयाँ जिम्मेवारी तोकेकी हुन्। यसअघि मन्त्री बडूले असोज २२ देखि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।

ad
ad