१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:५७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

इँटा व्यवसायीलाई सरकारले बेवास्ता गरेको उद्योगीहरूको गुनासो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५७:oo

अभावैअभावबीच व्यवसाय सञ्चालन गर्नुपरेको भन्दै इँटा उद्योगीहरूले गुनासो गरेका छन्। नेपाल इँटा उद्योग महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन तथा १३औँ वार्षिक साधारणसभामा सहभागीहरूले अभावैअभावमा उद्योग सञ्चालन गर्नुपरेको भन्दै सरकारप्रति गुनासो गरेका हुन्।
 
सरकारले कर लिए पनि सेवासुविधा नदिएको, तर मजदुर, माटो र भस्कट अभावबीच पनि उद्योग सञ्चालन गर्नुपरेको भन्दै उद्योगीहरूले दुःख व्यक्त गरेका थिए। कोरोना महामारीले थला परेको समयमा पनि सरकारबाट कुनै किसिमको सहयोग नपाएको उनीहरूले बताए।

महासंघका वरिष्ठ उपाध्यक्ष शंकरबहादुर चन्दले बिमा नहुँदा बर्सेनि बेमौसमी वर्षाले करोडौँको काँचो इँटामा क्षति पुगेको बताए। कोइलाको गुणस्तर जाँच गर्ने मेसिन भन्सार बिन्दुमा राख्न लुम्बिनी प्रदेश सरकारले प्रतिबद्धता जनाए पनि नराखिएको उनले बताए। ‘प्रदूषण नियन्त्रण प्रयाससमेत गरेका छौँ, तर सरकारले केही सहयोग गरेन,’ उनले भने। 

कार्यक्रममा लुम्बिनी प्रदेश इँटा उद्योग महासंघका अध्यक्ष थानेश्वर घिमिरेले मुलुकमा जति सरकार फेरिए पनि इँटा उद्योगीको माग सम्बोधन नभएको बताए। उद्योगीका अनुसार यस वर्षको बेमौसमी वर्षाले रुपन्देहीमा मात्रै आठ करोडको काँचो इँटा नस्ट भएको थियो। साधारणसभामा बोल्ने उद्योगीले माटो, भस्कट, पेट्रोलियम पदार्थ र कोइलाको मूल्य अत्यधिक बढ्दा उत्पादन लागत वृद्धि भएको बताएका थिए। तर, सरकारले यसमा सहयोग नगरेको उनीहरूको गुनासो छ।

महाधिवेशनको उद्घाटन गर्दै लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै प्रदेश सरकार उद्योगी व्यवसायीको हितका काम गर्न लागिपरेको दाबी गरे। खुला आकाशमुनि उद्योग सञ्चलन गर्नुभन्दा एकीकृत गरेर उद्योगीले पनि व्यवस्थित गर्नतर्फ ध्यान दिनुपर्नेमा उनको जोड थियो। केसीले इँटा उद्योगीको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउँदै लगानीको व्यवस्थापन गर्न प्रदेश सरकारले आफ्नै बैंक सञ्चालनको तयारी गरेको जानकारी दिए।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा नेपाल इँट्टा उद्योग महासंघका सल्लाहकार हरिप्रसाद अधिकारीले काँचो इँटाको बिमा गर्ने व्यवस्था नभएको भन्दै गुनासो गरे।