१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १६:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दाङमा वडास्तरमै गठबन्धन गर्ने सत्तापक्ष कार्यदलको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:१६:oo

दाङमा सत्तापक्ष कार्यदलले सबै वडामा गठबन्धन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको कार्यदलको बैठकले वडा तहमै गठबन्धन गर्ने निर्णय गरेको हो। कार्यदलले गरेको उक्त निर्णयलाई जिल्ला गठबन्धन समितिमा पठाउने र त्यो गठबन्धन समितिले सदर गरेर अघि बढ्ने बताइएको छ।

कार्यदल समितिले गरेको निर्णयलाई जिल्लाको गठबन्धनको समितिले निर्णय गरेपछि कार्यान्वयनमा जानेछ। बैठकमा कांग्रेसका जिल्ला सचिव अर्जुन योगी, माओवादी केन्द्रका घोराही नगर इन्चार्ज विश्वराज आचार्य, जनता समाजवादीका जिल्ला प्रचार विभाग प्रमुख जीवन भण्डारी, एकीकृत समाजवादीकी सावित्रा गुरुङ, जनमोर्चाका काशीनाथ पौडेल सहभागी थिए।

जिल्लामा पनि गठबन्धन गरेर जाने विषयमा छलफलले तीव्रता पाएको छ। यसअघि तुलसीपुरमा गठबन्धन गरेर जाने गठबन्धनले निर्णय गरिसकेकाे छ।

ad
ad