१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १३:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निर्माणाधीन पुल भत्किँदा आठ कामदार घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १३:५३:oo

स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिका जोड्ने निर्माणाधीन पुल भत्किँदा आठजना कामदार घाइते भएका छन्। चापाकोट– ८ प्याकलुकस्थित स्याङ्जाको दामाचौर र पाल्पाको रामपुरलाई जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल गएराति निर्माणका क्रममा भत्किँदा कामदार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

पक्की पुल निर्माणकार्यमा फलामको बिम माथि उचाली जडान गर्ने क्रममा बिमसहित खस्दा रौतहटका २४ वर्षीय प्रेमधन पटेल, बाराको हरिहरपुर– ८ का २२ वर्षीय रामनिवासकुमार पटेल, सोही ठाउँ बस्ने २८ वर्षीय जितेन्द्र पटेल, भारत बिहारका २५ वर्षीय धनञ्जय ठाकुर, सोही ठाउँका २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षीय अनुपकुमार राव र गोरखाको मिरासन गाउँपालिका– ४ का २३ वर्षीय सिर्जन परियार घाइते भएकाे प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए।

घाइते भएकामध्ये रामनिवासकुमार पटेल र धनञ्जय ठाकुरको अवस्था गम्भीर रहेको छ। गम्भीर रहेका दुईजनाको पाल्पास्थित लुम्बिनी मेडिकल शिक्षण अस्पताल प्रभासमा उपचार भइरहेको छ। अन्यको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ। रासस

ad
ad