१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १७:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं पुर्‍याउँछौँ : मन्त्री चौधरी (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:२५:oo

खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरेअनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्‍याउने बताएका छन् । बिहीबार मेलम्ची खानेपानीको हेडबक्स बाँधस्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले सरकारले घोषणा गरेअनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्‍याउने बताएका हुन् ।

उनले अहिले मेलम्चीको पानी काठमाडौं ल्याउनको लागि तीव्रगतिमा कार्ययोजनाअनुसार नै मेलम्ची खानेपानी मुहान सफा गर्ने काम भइरहेको बताए । मन्त्री चौधरीले अघिल्लो सरकारले जस्तो निर्माण कार्य सम्पन्न नभई उद्घाटन गर्ने काम आफूले नगर्ने प्रतिबद्धता जनाए ।

 अहिले अस्थायी रूपमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने योजना बनाएको भन्दै मन्त्री चौधरीले स्थायी बनाउनको लागि एसियाली विकास बैंकले अध्ययन गरिरहेको उल्लेख गरे । अहिले सुरुङमार्गमा रहेको पानी निकालेर सफाइ गर्ने कार्य मुहानमा ९० प्रतिशत सकिएको मन्त्री चौधरीको भनाइ छ ।

 

ad
ad