१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ जेठ ५ शनिबार १६:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्छ : मन्त्री झाँक्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १६:२o:oo

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्ने बताएकी छिन्। सहरी विकास मन्त्रालयद्वारा प्रदेश १ को विराटनगरमा शुक्रबार आयोजित राष्ट्रिय सहरी नीति तथा सहरी विकास ऐन तर्जुमासम्बन्धी प्रदेशस्तरीय अन्तर्क्रियामा मन्त्री झाँक्रीले संघीयताको मर्मअनुसार सबै मिलेर अघि बढ्नुपर्ने बताइन्।

उनले भनिन्, ‘अब हामीले तीनै तहका सरकारका कार्यक्षेत्रबारे विवाद गरेर बस्नुहुँदैन। सँगै मिलेर अघि बढ्नुपर्छ।’ मन्त्री झाँक्रीले अब केन्द्रले बजेट तथा कार्यक्रम बनाउन नहुने बताउँदै वडा तहबाट योजना छनोट हुनुपर्ने औँल्याइन्।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रप्रसाद राईले संघीयताको मर्मअनुसार विकास र बजेट विकेन्द्रित हुनुपर्ने बताए। ठूला सहरमा मात्र विकास र लगानी केन्द्रित हुँदा बसाइँसराइको क्रम बढेको बताउँदै उनले सबै क्षेत्रमा विकास पुग्ने गरी नीति परिमार्जन गर्नुपर्ने बताए।

मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले संघीयतापछि सहरी नीति परिमार्जनको टड्कारो आवश्यकता देखिएकाे बताए। विभिन्न सुविधा खोज्दै सहरमा बसाइँ सर्ने दर बढिरहेको बताउँदै उनले परिमार्जित सहरी नीति र सहरी विकास ऐनले यसलाई समेट्ने बताए।

ad
ad