
कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतमले स्थानीय तहमा तालमेल बाध्यकारी नभएको बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले मंगलबार स्थानीय अवस्था र आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको थियो ।
‘बाध्यात्मक रूपमा गठबन्धन गर्नैपर्छ भनेको होइन । आवश्यकता र औचित्यका आधारमा तल्लो तहले यसबारे निर्णय गर्छ,’ गौतमले भने ।
गठबन्धनबारे केन्द्रले समन्वय मात्रै गर्ने उनले जानकारी दिए । तल्लो तहले आफ्नो भूमिका देखाउन सक्ने उनको भनाइ छ ।