१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १६:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से १४ अंकले गिरावट, कारोबार रकम दुई अर्बभन्दा कम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १६:३१:oo

सेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि करिब १४ अंकले गिरावट आएको छ । पछिल्लो पाँच दिनदेखि लगातार रूपमा ओरालो लागेको नेप्से मंगलबार पनि घटेको हो। आज नेप्से १४.२६ अंकले घटेर दुई हजार पाँच सय २७.५८ बिन्दुमा झरेको छ।

आज नेप्सेसँगै कारोबार रकममा पनि संकुचन आएको छ। कारोबारमा आएका दुई सय २५ कम्पनीको ३८ लाख ९० हजार कित्ता सेयर एक अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँबराबरको खरिद–बिक्री भएको छ। सोमबार साढे दुई अर्बबराबरको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये होटेल तथा पर्यटन उपसमूहबाहेक अन्य १२  वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ। होटेल तथा पर्यटन उपसमूहको परिसूचक ०.८३ प्रतिशत बढेको छ। यता जीवन बिमा उपसमूहको परिसूचक सबैभन्दा धेरै १.५२ प्रतिशत घटेको छ।

मंगलबार नेप्से परिसूचक ओरालो लागे पनि ३ कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। इमर्जिङ नेपाल, नेष्डो समृद्ध लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। एनआइबिएल समृद्धि फन्ड–२ को मूल्य सबैभन्दा बढी ४.७३ प्रतिशत घटेको छ। त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त, आशा लघुवित्त, एसियन लाइफ इन्स्योरेन्स र विशाल बजार कम्पनीको सेयर मूल्य पनि ३ प्रतिशतभन्दा बढीले घटेको छ।

कारोबार रकमका आधारमा करिब आठ करोडको सेयर कारोबार गरेर  शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। ग्लोबल आइएमई बैंकको सात करोडभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ।

ad
ad