१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १४ सोमबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका न्युयोर्क
२o७८ चैत १४ सोमबार १७:४८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण भएको डब्लुएचओको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्युयोर्क
नयाँ पत्रिका
२o७८ चैत १४ सोमबार १७:४८:oo

रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गरेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ। राष्ट्रसंघअन्तर्गतको विश्व स्वास्थ्य संगठनले रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि अहिलेसम्म स्वास्थ्य संस्थाहरूमा ७२ आक्रमण भएको जनाएको हो।

रुसले युक्रेनमा गत फेब्रुअरी २४ देखि निरन्तर सशस्त्र आक्रमण गर्दै आएको छ। स्वास्थ्य संस्थाहरूमाथि आक्रमण गर्नु आधारभूत मानवअधिकारविरुद्धको अपराध र अन्तर्राष्ट्रिय युद्ध अपराधसरह हुने अधिकारवादीहरूले जनाएका छन्।

रुसी सुरक्षाकर्मीहरूले युक्रेनी स्वास्थ्य संस्थाहरूमा आक्रमण गर्दा ७१ जनाको मृत्यु भएको डब्लुएचओको प्रतिवेदनमा उल्लेख गरिएको छ। डब्लुएचओको प्रतिवदेन पढेपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘मानिसको स्वास्थ्यको अधिकारको रक्षा हुनुपर्दछ। स्वास्थ्य संस्थामाथि जस्तोसुकै युद्धका वेलामा पनि आक्रमण गर्न पाइँदैन।’

युक्रेनमाथि आक्रमण गरेकोप्रति पश्चिमा देशहरूसहित विश्वभरका अधिकांश देशहरूले रुसको आलोचना गरेका छन्। अन्तर्राष्ट्रिय निकाय तथा मानवअधिकारवादी संगठनहरूले पनि तत्काल आक्रमण रोकेर वार्तामार्फत शान्ति कायम गर्न रुसलाई आग्रह गरेका छन्। रासस/एएनआई