१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार o८:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कारोबार रकम बढे पनि ४१ अंकले घट्यो नेप्से

इन्स्योरेन्स कम्पनीमा बढेको आकर्षणले कारोबारमा सुधार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:o७:oo

साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक घटेको छ । नेप्से सूचक घटेर पुनः दुई हजार पाँच सयकै बिन्दुमा आइपुगेको हो । आइतबार नेप्से ४१ दशमलव ४१ अंकले घटेर दुई हजार पाँच सय ७२ दशमलव २६ अंकमा आइपुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स ९ दशमलव ५५ अंकले घटेर चार सय ७९ दशमलव ३९ बिन्दुमा आइपुगेको छ ।

 यसअघि २७ फागुनमा नेप्से सूचक दुई हजार पाँच सयको आधार बिन्दुलाई पार गर्दैै उकालो लागेको थियो । दुई हजार ६ सयकोे मनोवैज्ञानिक आधार बिन्दुबाटै बजार पुनः ओर्लिएपछि लगानीकर्ता आत्तिन पुगेका छन् । एक ब्रोकर भन्छन्, ‘चुनावको मुख नजिएको अवस्थामा पनि बजार बढ्न सक्ने आधार देखिएको छैन, बिमा समितिले चुक्ता पुँजी बढाएपछि सुधार हुने अपेक्षाविपरीत बजार घटेको छ । यसको संकेत बजार अझै केही समय करेक्सन हुने देखिन्छ ।’

यस दिन कारोबारमा आएका १३ वटा समूहका सूचकमा निर्जीवन बिमा समूहको सूचकबाहेक सबै समूहका सूचक घट्न पुगेका छन् । निर्जीवन बिमा समूहको सूचक १ दशमलव शून्य ८ प्रतिशतले बढे पनि अन्य समूहका सूचक घट्न पुगेका हुन् । ‘अन्य’ समूह, विकास बैंक समूहको सूचक सबैभन्दा धेरै ३ प्रतिशतभन्दा बढीले घटेका छन् । त्यस्तै, फाइनान्स समूह, होटेल तथा पर्यटन समूह, उत्पादनमूलक समूह, जलविद्युत् समूहको सूचक २ प्रतिशतभन्दा बढीले घटेका छन् भने जीवन बिमा समूह, माइक्रो फाइनान्स समूह र म्युचुअल फन्ड समूहका सूचक सामान्य घटेका छन् ।

सबैभन्दा धेरै मल्टिपर्पाेज फाइनान्स कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त वित्तीय संस्था, मञ्जुश्री फाइनान्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ४ देखि ५ प्रतिशतभन्दा बढीले घटेका छन् ।

 तीन कम्पनीको सेयरमा सर्किट
आइतबार तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था, इमर्जिङ नेपाल र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ । सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ३ प्रतिशतदेखि ९ प्रतिशतले बढेका छन् । 

 कारोबार रकममा सुधार
इन्स्योरेन्स कम्पनीहरूको सेयर मूल्यमा आएको सुधारसँगै आइतबार कारोबार रकममा वृद्धि भएको छ । यस दिन करिब पाँच अर्बको कारोबार भएको छ । यसअघि फागुन २९ गते चार अर्बमाथिको कारोबार भएदेखि सेयर खरिद–बिक्री सुस्त बन्दै आइरहेको थियो । यस दिन धितोपत्र र ऋणपत्र गरी कुल ८९ लाख २३ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा करिब पाँच अर्बको कारोबार भएको छ । गुराँस लाइफ इन्स्योरेन्स, एभरेस्ट इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स कम्पनीको कारोबार सबैभन्दा धेरै भएको छ । यी कम्पनीको सेयर मूल्यमा वृद्धि भएसँगै यी कम्पनीको सेयर खरिद–बिक्री बढेको छ ।

ad
ad