१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १९:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बालिका बलात्कार गर्नेलाई १८ वर्ष कैद फैसला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १९:४३:oo

१२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ । शुक्रबार जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको एकल इजलासले पीडितलाई पीडकबाट एक लाख रुपैयाँ क्षतिपूर्ति रकम भराउन पनि आदेश गरेको श्रेस्तेदार तीर्थ भट्टराईले जानकारी दिए ।

अदालतले हेटौँडा उपमहानगरपालिका- ११ का ३९ वर्षीय विमल लामालाई १८ वर्ष कैद सजाय सुनाएको श्रेस्तेदार भट्टराईले बताए। अभियुक्त लामाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो। 

लामामाथि २ असार २०७८ मा बालिकालाई हेटौँडा उपमहानगरपालिका- १० स्थित एक होटेलमा लगेर बलात्कार गरेको आरोप थियो । चितवनबाट हेटौँडा घर आएकी बालिका राति बसपार्कमा ओर्लिएकी थिइन् । लामाले बालिकालाई घर पुर्‍याइदिने भन्दै झुक्याएर होटेलमा लगेर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। लामालाई क्षेत्रीय कारागार भीमफेदी पठाइएको छ।

ad
ad