१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओली सुटुक्क ज्ञानेन्द्र निवास पुग्छन् : माधव नेपाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४o:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन्। 

अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा साँठगाँठका लागि ओलीले पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेको बताएका हुन्। अखिल नेपाल महिला संघ (समाजवादी)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओली दक्षिणपन्थी भएको दाबी गर्दै दक्षिणपन्थी शक्ति राप्रपासँग पनि चुनावमा मिलेर जाने प्रयास गरिरहेको तर्क गरे। 

तर, आफूहरू भने वामपन्थी, लोकतान्त्रिक शक्ति भएकाले कांग्रेसलगायतका शक्तिहरूसँग चुनावी तालमेल गरेर अघि बढ्ने उनको भनाइ थियो। त्यसका लागि कांग्रेसको संस्थागत निर्णयको पर्खाइमा आफूहरू रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले अन्य वामपन्थी राजनीतिक शक्तिहरूले पनि आफ्नो पार्टीसँग चुनावी तालमेलका लागि प्रस्ताव गरिरहेको बताए। 

‘शेरबहादुरजीले पटकपटक भन्नु भएको छ– यो गठबन्धनसँगसँगै हामी चुनावमा जानेछौँ। अब पार्टीले नै के निर्णय गर्छ, हामी पर्खेर बसिरहेका छौँ। हामी आफ्नो शक्तिको बलमा अगाडि बढ्न चाहन्छौँ। चुनाव वैशाखको ३० गते नै हुन्छ। त्यसमा तपाईंहरू अलमलमा पर्नुपर्ने आवश्यकता छैन,’ उनले भने।

यो गठबन्धनलाई तोड्नका लागि केपी ओली लागिपरेको उनको भनाइ छ। ‘तर उनी पनि गठबन्धन गर्दै छन, कोसँग थाहा छ ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन्। राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन्। विदेशीहरूसँग दलाली गर्ने पार्टीहरूसँग तालमेल गर्न खोजिरहेका छन्,’ उनको आरोप थियो। 

अध्यक्ष नेपालले आफ्नै शक्तिको भरमा चुनाव जित्ने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। उनले एमाले परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर नै चलेको दाबीसमेत गरे। 

एकीकृत समाजवादीको विस्तार देखेर वैरीहरू आत्तिएको उनकाे भनाइ छ। ‘आत्तिएर उनीहरूले आफ्नो मानसिक सन्तुलन गुमाउन थालेका छन्। जब मान्छेको मानसिक सन्तुलन गुम्छ, अनि ऊ बर्बराउन थाल्छ। अनि बर्बराउने वेलामा के बोलेँ, के बोलिनँ उसलाई होस नै हुँदैन। यसबाट हामीले आत्तिनुपर्ने केही पनि अवस्था छैन,’ उनले भने।

मन्त्री प्रेम आले र मन्त्री कृष्णकुमार श्रेष्ठ दुवै मध्यरातमा बालकोट पुगेर एमालेमा सहभागी हुने भन्दै विरोधीले हल्ला फिँजाएको उनले बताए।