१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका ब्रसेल्स
२o८१ बैशाख ३० आइतबार १३:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

नेटोले युरोपमा थप सैनिक पठाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ब्रसेल्स
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १३:५५:oo

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले पूर्वी युरोपमा थप सेना पठाउने जानकारी गराएको छ। नेटोका महासचिव जेन्स स्टोल्टबर्गले पूर्वी युरोपमा थप सैनिक पठाउने विषयमा कुराकानी भइरहेको र सम्भवतः नेटोआबद्ध राष्ट्रहरूले यसलाई सहमति प्रदान गर्ने बताए।

नेटोको आसन्न सम्मेलनको पूर्वसन्ध्यामा ब्रसेल्समा आयोजित एक पत्रकार सम्मेलनमा उनले सो धारणा राखेका हुन्। उनले हाल युक्रेनमा रुसले जारी राखेको आक्रमणलाई पनि मध्यनजर राख्दै पूर्वी युक्रेनमा थप सैनिकको आवश्यकता रहेको विचार व्यक्त गरे।

उनले सो पत्रकार सम्मेलनमा भने– मलाई लाग्छ अहिले पूर्वी युरोपमा थप सैनिक आवश्यकता छ। यो योजनालाई हामीले प्रस्तुत गर्नेछौँ र नेटोआबद्ध राष्ट्रहरूले यसलाई समर्थन गर्नुहुनेछ। रासस/सिन्ह्वा

ad
ad