१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
करण ताम्राकार डडेल्धुरा
२o८१ जेठ ५ शनिबार १७:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग पाँच घण्टापछि सुचारु  

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १७:४५:oo

पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग सुचारु भएको छ । बुधबार बिहान १२ बजेदेखि सुक्खा पहिरोका कारण अवरुद्ध सुदूरपश्चिमका सातवटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः सञ्चालनमा आएको हो । 

डडेल्धुराको गन्यापधुरा गाउँपालिका– साहुखर्कमा  सडक माथिबाट खसेको सुक्खा पहिरोका कारण अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको प्रहरी  कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरीका अनुसार  डोजर लगाइएर पहिरो हटाएर राजमार्ग सञ्चालनमा ल्याइएको हो । आज दिउँसो १२ बजेबाट अवरुद्ध सडक साढे पाँच घण्टापछि पुन: सञ्चालनमा आएको हो । 

ad
ad