१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख ३० आइतबार o६:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

राजर्षि जनक कप : एनआरटीलाई स्तब्ध पार्दै बागमती सेमिफाइनलमा 

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:५२:oo

आयोजक बागमती युवा क्लबले ए डिभिजन टोली न्युरोड टिम (एनआरटी) लाई १–० ले स्तब्ध पार्दै छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सर्लाहीको बागमती नगरपालिका–११ स्थित सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा बागमतीलाई अन्तिम चारको स्थान पक्का गराउन एक मात्र गोल जोमोल एन्थोनीले गरेका थिए ।

उनले खेलको ८६औँ मिनेटमा एनआरटीका गोलरक्षक पुजन हुवाविरुद्ध वान भर्सेज वानको अवस्थामा गोल गरेका थिए । यस सिजनको दोस्रो भेटमा पनि बागमतीले एनआरटीमाथि जित निकालेको हो । यसअघि धनगढीमा सम्पन्न गोल्डकपमा पनि बागमतीसँग एनआरटी पराजित भएको थियो । एनआरटीको मिडफिल्डका खेलाडीबीचको तालमेल नमिल्दा ए डिभिजन क्लब क्वार्टरफाइनलबाट बाहिरिएको हो । 

बागमतीका प्रशिक्षक रोजित केसी खेलअवधिभर तनावमा थिए । मैदानको टच लाइनमा पुगेका प्रशिक्षक रोजितलाई रेफ्री प्रज्वल क्षेत्रीले पहेँलो कार्ड देखाएका थिए । जोमोल एन्थोनी म्यान अफ दी म्याच हुँदै १० हजार रुपैयाँ प्राप्त गरेका छन् । जितसँगै बागमतीले १० चैतमा हुने फाइनलमा पुग्न साविक विजेता पिप्ले युवा क्लबविरुद्ध प्रतिस्धर्पा गर्नेछ । 

ग्लोबल बिएफसी चितवनलाई पराजित गर्दै एनआरटीले क्वार्टरफाइनलमा बागमतीविरुद्ध खेलेको हो । आयोजक बागमती एक खेल बाई पाएर सीधै क्वार्टरफाइनलमा प्रवेश गरेको होे । बुधबारको अन्तिम क्वार्टरफाइनलमा पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुनले ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबको सामना गर्ने आयोजकले जनाएको छ । 

खेलाडीले उच्च मनोबलका साथ प्रतिस्पर्धा गरे : रोजित केसी, प्रशिक्षक, बागमती 
खेलाडीहरू उच्चमनोबलका साथ प्रतिस्पर्धा गरेका कारण एनआरटीलाई हराउन सक्यौँ । हामीले धनगढीमा पनि न्युरोड टिमलाई पराजित गरेका थियौँ । यसले खेलाडीहरूमा मोफसलका टिमले पनि ए डिभिजन क्लबलाई हराउन सक्छ भन्ने सन्देश दिएको छ । खेलाडीले लगातार मिहिनेत गरेका छन् । जितको श्रय पनि उनीहरूलाई नै जान्छ । टोलीमा रहेका जुनियर खेलाडीले राम्रो प्रदर्शन गरेका छन् । 

हाम्रो मिडफिल्ड केही कमजोर भयो : राजुकाजी शाक्य, प्रशिक्षक, एनआरटी
मिडफिल्ड कमजोर हुँदा पराजित भयौँ । मिडफिल्डरका खेलाडीले जति खेल्नुपर्ने थियो, त्यति खेल्न सकेनन् । आफ्ना धेरै खेलाडी राष्ट्रिय फुटबल टोलीमा समेत भएकाले उनीहरूको अभाव खड्किएको छ । राष्ट्रिय टोलीमा दुई–तीनजना भएकाले उनीहरूको ठाउँमा अरू खेलाडीलाई खेलाउनुप¥यो, त्यसले गर्दा तालमेल मिलेन । रेफ्रीको निर्णयप्रति खासै सन्तुष्ट हुन सकिनँ ।

ad
ad