मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
तनावपूर्ण रहेको मोरङको लेटाङ नगरपालिका– ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालय । तस्बिर सौजन्य : तेजन खड्का
गणेश लम्साल विराटनगर
Invalid date format १८:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लेटाङ घटनामा एक युवा पनि गोली लागेर घाइते, नोबेलमा उपचार हुँदै 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १८:oo:oo

आफ्नै विद्यालयकी छात्रालाई यौन दुर्व्यवहार गरेका आरोपित शिक्षकलाई नियन्त्रणमा लिने क्रममा लेटाङमा भएको घटनामा एक स्थानीय युवा पनि गोली लागि घाइते भएको खुलेको छ। 

शुक्रबार होली खेल्ने क्रममा आफ्नै विद्यालयमा पढ्ने १४ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका मोरङको लेटाङ नगरपालिका ५ स्थित  विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेललाई नियन्त्रणमा लिने क्रममा हिंस्रक घटना भएको थियो। घटनामा अराजक भिडको आक्रमणबाट एक प्रहरी महिला जवानको हत्यासमेत भएको थियो। घटनामा स्थानीय २० वर्षीय युवा मिलन खड्का पनि प्रहरीको गोली लागेर सिकिस्त घाइते भएको खुलेको हो। 

लेटाङ नगरपालिका ८ जाँते घर भएका मिलनलाई शरीरको कुम, ढाड र हातमा गरेर तीन ठाउँमा गोली लागेको चिकित्सकहरूले बताएका छन्। उनको विराटनगर कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजमा उपचार भैरहेको छ। 

गोली लागेका घाइते युवा मिलन लेटाङ क्याम्पसमा अध्ययनरत विद्यार्थी भएको बताइएको छ। आइतबार साँझ ८ बजेतिर भएको उक्त्त घटनामा  स्थानीय युवा रुपेश खड्का पनि घाइते भएको र उनको अवस्था समान्य रहेको स्थानीयले बताएका छन्। 

यौन दुर्व्यवहार आरोपी शिक्षकलाई अबेर साँझ पक्राउ गरेर ल्याउन खोज्दा भएको झडपमा सशस्त्र प्रहरी गण रानीमा कार्यरत प्रहरी जवान उर्मीला श्रेष्ठमाथि धारिलो हतियार प्रहार हुँदा मृत्यु भएको थियो। 

घटनामा २८ जना प्रहरी घाइते भएको र उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भैरहेको साथै अवस्था सामान्य रहेको मोरङ प्रहरीले जनाएको छ। 

घटनापछि सोमबार बिहान ७ बजेदेखि मोरङ प्रशासनले लेटाङ नगरपालिका ५ र आसपासका क्षेत्रमा कर्फ्यु लगाएको छ। घटनाको आजै मोरङका सिडिओ काशीराज दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुण बिसी, मोरङका एसपी जर्नादन जिसीसहितको संयुक्त्त टोलीले अनुमन गरेको छ। 

घटनामा संलग्न शंकास्पद ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रदेश १ डिआइजी अरुण बिसीले बताए। 
हलसम्म उक्त्त घटनाको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन। स्थानीयका अनुसार आइतबार दिउँसो आक्रोशित समूहले विद्यालयका कम्प्युटर तोडफोड गरेको थियो भने एउटा मोटरसाइकल  र एउटा स्कुटरमा आगजनी पनि गरेको थियो।