मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तनावपूर्ण रहेको मोरङको लेटाङ नगरपालिका– ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालय । तस्बिर सौजन्य : तेजन खड्का
२०७८ चैत ७ सोमबार ०६:२५:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एक महिला प्रहरीको मृत्यु, एसपीसहित १८ जना घाइते

छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका शिक्षकलाई सुरक्षा दिएको भन्दै प्रहरीमाथि स्थानीयको आक्रमण

Read Time : > 1 मिनेट
२०७८ चैत ७ सोमबार ०६:२५:००

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई कारबाहीको माग गर्दै आन्दोलित स्थानीयले आक्रमण गर्दा मोरङमा एक महिला प्रहरीको मृत्यु भएको छ । लेटाङ नगरपालिका– ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि आइतबार स्थानीय आन्दोलित बनेका थिए । त्यसैक्रममा विद्यालय पुगेका प्रहरी टोलीले शिक्षक पौडेललाई विद्यालयभित्रै सुरक्षा दिएपछि स्थानीय आक्रमणमा उत्रिएका थिए । आक्रमणबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो । 

प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीन राईले आक्रोशित स्थानीयबाट श्रेष्ठको घाँटीमा धारिलो हतियारले प्रहार भएको जानकारी दिए । श्रेष्ठलाई अस्पताल पु र्‍याएलगत्तै कोशी अञ्चल अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए । उनी दंगा नियन्त्रण गण दुहवी सुनसरीमा कार्यालय थिइन् । झडपमा मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहित १८ प्रहरी घाइते भएको एसपी राईले बताए । दुई स्थानीय पनि घाइते भएको उनको भनाई छ ।

 लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाका अनुसार शिक्षक पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रामाथि बारम्बार यौन दुरव्यवहार गरेको घटना सार्वजनिक भएपछि आइतबार बिहानैदेखि लेटाङ तनावग्रस्त बनेको थियो । ती शिक्षकले ४  फागुनमा फागु पूर्णिमाको दिन बालिकाको घरमै पुगेर पनि बलात्कार प्रयास गरेको उपप्रमुख निरौलाले बताइन् । आइतबार विद्यालय खुलेपछि पीडित बालिकाले रुँदै विद्यालयका अर्का शिक्षकलाई घटनाबारे जानकारी गराएकी थिइन् । त्यसक्रममा अन्य विद्यार्थीले पनि सुनेका थिए । त्यसपछि विद्यार्थी र घटना थाहा पाएका स्थानीय आक्रोशित भएका थिए । उनीहरूले विद्यालयमा तोडफोड र आगजनी गरेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

उपप्रमुख निरौलाले ती शिक्षकले यसअघिदेखि नै बालिकामाथि यौनजन्य हिंसा गर्ने गरेको आफूलाई जानकारी आएको बताइन् । ‘ती शिक्षकले पहिलेदेखि नै ती नानीमाथि गलत दृष्टि लगाएका रहेछन् । आमा नभएकी नानीलाई अनेक बहानामा दुव्र्यवहार गर्ने गरेका रहेछन् । होलीको दिन घरमै गएर बलात्कार प्रयास गरेछन् । आइतबार नानीले विद्यालयका अर्का शिक्षकलाई रुँदै सुनाउने क्रममा सबैले थाहा पाएपछि अप्रिय घटना भयो ।’

 दिनभर तनावग्रस्त बनेको लेटाङको अवस्था राति ९ बजे मात्र नियन्त्रणमा आएको उपप्रमुख निरौलाले बताइन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गरेको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता एसपी राईले जानकारी दिए । सो क्रममा प्रहरी र स्थानीयबीच दाहोरो झडप पनि भएको उनले बताए । प्रहरीले आरोपी शिक्षकलाई आइतबारै नियन्त्रणमा लिएको छ ।