१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १६:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

ह्वावे, चाइना युनिकमद्वारा फाइभ जी प्राइभेट नेटवर्क प्लस उपलब्धिको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १६:५९:oo

चाइना युनिकमको फाइभ जी प्राइभेट नेटवर्क प्लस उपलब्धिहरूको घोषणा गरिएको छ। घोषणामा कसरी एज इन्टरकनेक्सनका लागि प्राइभेट नेटवर्कहरू, उच्च-विश्वसनीय क्याम्पस नेटवर्कहरू र विभेदित सेवाहरूका लागि अनुकूलित नेटवर्क स्लाइसिङले फाइभ जी विकास र औद्योगिक डिजिटलाइजेसनलाई बढावा दिइरहेको छ भन्ने विस्तृत जानकारी दिएको छ। 

यो कार्यक्रम ह्वावे, चाइना युनिकम, जिएसएमए, च्यांगआन अटोमोबाइल, हाइकरोबोट र सान सफआंगिङ कोकिङ कोल ग्रुप ले संयुक्त रूपमा आयोजना गरेको थियो। चाइना युनिकमका उपाध्यक्ष लियाङ बाओजुनले उक्त कार्यक्रममा चाइना युनिकमले आफ्नो फाइभ जी एप्लिकेसन ‘सेलिङ’  कार्ययोजना (२०२२-२०२५) लाई पाँचवटा मुख्य लक्ष्यहरू हासिल गर्न जारी राखेको बताए। 

जसमा कम्प्युटिङ-नेटवर्क एकीकरणको जग बलियो बनाउने, फाइभ जीको इन्टिग्रेसन र इनोभेसनलाई गहिरो बनाउने, फाइभ जी एप्लिकेसन सुरक्षा प्रवर्द्धन गर्न, इनोभेटिभ फाइभ जी एप्लिकेसनहरू सिर्जना गर्ने, साझेदारहरूसँग काम गर्ने र अन्तमा यी एप्लिकेसनहरू रेप्लिकेट गर्ने रहेका छन्। 

यी कार्यहरूले फाइभ जी एप्लिकेसनहरूको व्यावसायिक रूपान्तरणलाई गति दिन मद्दत गर्ने ह्वावेले बताएको छ। ह्वावेले चाइना युनिकमलाई आफ्नो विद्यमान नेटवर्कलाई वान टेल्को क्लाउडमा परिणत गर्न र नेटवर्क सञ्चालनलाई सरल र थप लचिलो बनाउन एज नेटवर्कहरू वितरण गर्न मद्दत गरेको छ। 

ह्वावे क्लाउड कोर नेटवर्क प्रोडक्ट लाइनका अध्यक्ष रिचर्ड लिउले एक कार्यक्रममा वन टेल्को क्लाउड र यसको आफ्नै केन्द्रीकृत अपरेसन प्लेटफर्मको साथमा सेवाहरू खरिद गरेपछि एक क्लिकमा प्रदान गर्न सकिने बताए। वान-स्टप ग्यारेन्टीका साथ एक क्लिकमा निरन्तर सेवा अनुभव प्रदान गर्न सकिने उनले जानकारी दिए। 
 

ad
ad