१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १७:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दुई जिल्लाबाट दुईवटा नागरिकता लिने एक महिला पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:३९:oo

दुई जिल्लाबाट फरक-फरक नागरिकता लिने एक महिलालाई गोरखा प्रहरीले पक्राउ गरेको छ । काठमाडाैं महानगरपालिका–३२, कोटेश्वर बस्ने २८ वर्षीया पूजा ढकाललाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए । 

ढकालले २०६७ मंसिर ८ गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलो नागरिकता र २०६७ मंसिर २८ गते जिल्ला प्रशासन कार्यालय गोरखाबाट अर्को नागरिकता लिएको खुलेको छ । ढकालले गोरखाबाट नागरिकता लिँदा गाइने सार्कीलाई बाबु देखाई पूजा गैरे सार्कीको नाममा अर्को नागरिकता लिएको भेटिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । उनलाई पक्राउ गरी  अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
पोखरा महानगरपालिका–६, बैदाम माइती भएकी ढकालले त्यहाँबाट उमेर नपुग्दै नागरिकता बनाएको र विदेश जाने प्रयोजनका लागि उमेर पुगेको अर्को नागरिकता गोरखाबाट बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

नागरिकता दिने सचिवको खोजी भइरहेको र पक्राउ परेकी ढकाललाई ३ वर्ष कैद र अधिकतम २० हजारसम्म जरिवाना हुने प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । कानुनमा उल्लेख भएअनुसार उनले पछि लिएको नागरिकता खारेज हुने जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । 


 

ad
ad