१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २ बुधबार ०६:४७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खल्तीबाट इएमआई भुक्तानी गर्दा क्यासब्याक तथा स्मार्ट फोन जित्ने मौका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २ बुधबार ०६:४७:००

खल्तीले मोटरसाइकलको मासिक किस्ता इएमआई भुक्तानी गर्दा क्यासब्याक तथा स्मार्ट फोन उपहारको योजना ल्याएको छ । कम्पनीले विभिन्न कम्पनीका मोटरसाइकलको इएमआई तिर्दा शतप्रतिशतसम्म क्यासब्याकका साथै दुईजनालाई बम्पर उपहारस्वरूप स्मार्ट फोन प्रदान गर्ने योजना ल्याएको हो । 

इएमआई डन १०० प्रतिशत रिटर्न नाम दिइएको योजनामा हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एन्ड इन्भेस्टमेन्ट, स्याकार–होन्डा र एमएडब्लू इन्भेस्टमेन्ट प्रालिको इएमआई भुक्तानी गर्दा हरेक हप्ता एकजना भाग्यशालीले शतप्रतिशत वा अधिकतम पाँच हजार रुपैयाँ क्यासब्याक दिने कम्पनीले जनाएको छ । त्यस्तै, दुईजनालाई योजना अवधिपछि बम्पर उपहार प्रदान गर्ने जनाइएको छ । योजना १ देखि ३० चैतसम्म लागू हुने जनाइएको छ ।  

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुुत रूपमा बढिरहेको बताए । डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याएको उनको भनाइ थियो । पाँच हजार रुपैयाँभन्दा बढी भुक्तानी गर्नुपरेमा ग्राहकले खल्ती केवाइसी अनिवार्य रूपमा भेरिफाई गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । खल्ती खाता नभएको व्यक्तिले साइनअप गरी वा देशभर रहेका खल्तीको कुनै पनि सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिने जनाइएको छ ।