मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
२०७८ चैत १ मंगलबार १३:२६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुस र युक्रेनबीच दिनहुँ वार्ता भइरहेको छ : रुसी वार्ता टोली प्रमुख

Read Time : < 1 मिनेट
२०७८ चैत १ मंगलबार १३:२६:००

रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदिन्स्कीले रुस र युक्रेनबीच प्रायः दिनहुँ वार्ता भइरहेको जानकारी दिएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थसमेत मानिने उनले सो जानकारी दिएका हुन्।

उनले रुस र युक्रेनका द्विपक्षीय वार्ता टोलीका तर्फबाट दिनहुँजसो वार्ता भइरहेको, तर ठोस निष्कर्ष भने ननिस्किएको जानकारी दिए। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी दिनहुँजसो वार्ता गरिरहेका छौँ, हामीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको एजेन्डाअनुसार वार्ता गरिरहेका छौँ।’

युक्रेनमा करिब तीन हप्ता अघिदेखि रुसले आक्रमण गरिरहेको छ। रुसले उसको शब्दमा युक्रेनमा विशेष सैनिक कारबाही गरिरहेको छ। जसका कारण यहाँ कैयौँ नागरिकको ज्यान गएको छ भने युक्रेनका संरचनाहरू पनि ध्वस्त भइरहेका छन्। तर, वार्ताबाट कुनै निकास भने निस्किएको छैन।

रुस–युक्रेन द्वन्द्वबाट यहाँको जनजीवन अस्तव्यस्त भएको छ। युक्रेनमा रहेका आफ्ना नागरिकलाई प्रायः सबै देशले फिर्ता लगिसकेको जनाएका छन्। रुसले युक्रेनमाथिको हमला अझै नरोकेकाले यहाँका नागरिकले दिन प्रतिदिन असुरक्षित महसुस गरिरहेका छन्। रासस/सिन्ह्वा