१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चमा प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ समितिद्वारा उजुरी आह्वान (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१३:oo

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ। सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषदबाट आएका विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो।

बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठकमा सुनुवाइको काम प्रारम्भ हुने बताए। उनले यो सूचना सर्वसाधारणलगायत सबै सरोकारवालाहरूलाई जारी गरिने बताए।

समिति सभापति कर्णले भने, ‘आज सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषदबाट विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सिफारिस भएर आएको छ। त्यसका लागि आज प्रथम बैठक बसेको हो। प्रथम बैठकमा हामीले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना जारी गर्नुपर्छ।’

सभापति कर्णले मंगलबारबाट उक्त सूचना सरोकारवाला निकाय र आमनागरिकमा जाने बताए।