१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o८:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मलेसियाको रोजगारी फेरि खुल्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:१८:oo

कोभिडका कारण दुई वर्षदेखि बन्द रहेको मलेसिया रोजगारी फेरि सुरु हुने भएको छ । मन्त्रीस्तरीय निर्णयअनुसार मलेसिया रोजगारी पुनः सुरु गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मलेसियन सरकारले नेपाली कामदारलाई दिएको रोजगारी गुम्न नदिन श्रममन्त्री कृष्णकुमार श्रेष्ठले पुनः मलेसिया रोजगारी सुरु गर्ने निर्णय गरेको बताएको छ । वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकूल नहुने गरी नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए । 

कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरू जान पाएका थिएनन् । मलेसिया सरकारबाट विदेशी कामदार लिन सुरु गरेको र सोअनुसार मागपत्र अहिले नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण भई आएकाले श्रम स्वीकृति प्रदान गर्ने कार्य पुनः सुरु गर्ने निर्णय गरिएको हो । नेपाली कामदारका लागि प्रमुख गन्तव्यमध्ये मलेसिया पनि एक हो । 

मलेसियामा हाल करिब दुई लाख नेपाली कामदार रहेको अनुमान छ । तर, सन् २०१५ मा भने सबैभन्दा बढी करिब सात लाख नेपाली श्रमिक रहेका थिए ।  यसअघि पनि मलेसिया रोजगारी अलमलमा थियो । मलेसिया रोजगारीमा जाने कामदारबाट मेडिकल, भिसा सहजीकरण, भिएलएन, बायोमेट्रिकलगायतका नाममा अतिरिक्त शुल्क लिने सिन्डिकेट अन्त्य हुनुपर्ने भन्दै नेपाल सरकारले १२ जेठ ०७५ देखि श्रमिक पठाउन बन्द गरेको थियो । तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले ठगी गर्नेमाथि कारबाही अभियान चलाउँदै श्रम स्वीकृति रोकेपछि मलेसियन सरकार श्रम समझदारीका लागि आएको थियो । तत्कालीन समयमा नेपाल सरकार र मलेसियन सरकारबीच शून्य लागतमा सम्झौता भएको थियो । ०७५ कात्तिक ११ गते यस्तो सम्झौता भएको थियो । 

ad
ad